Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/11/12219447_10206364956057615_443319756346550462_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ, ५ मङ्सिर । बूढानीलकण्ठ क्षेत्रमा लाग्ने हरिबोधनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । बूढानीलकण्ठ मेला सञ्चालन मूल समारोह समितिले शुक्रबार पत्रकार सम्मेलन गरी मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

तयारी समितिका संयोजक जयराम थापाले बूढानीलकण्ठ नारायण भगवान्को पवित्र तीर्थस्थलमा बर्सेनि लाग्ने यो मेलामा यसपटक एक लाखभन्दा बढी भक्तजन सहभागी हुने विश्वास व्यक्त गर्नुभयो ।

budanilakantha mela

मेलालाई व्यवस्थित र भव्य बनाउन बूढानीलकण्ठ क्षेत्र विकास समितिको अध्यक्षको अध्यक्षतामा १०१ मूल मेला सञ्चालन समिति र अन्य नौ उपसमिति गठन गरिएको छ ।

सर्वसाधारण दर्शन गर्न जाँदा दक्षिण ढोकाबाट मन्दिर प्रवेश गर्ने र पूर्व र पश्चिम ढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ भने विशिष्ट व्यक्तिका लागि पश्चिमतिरको ढोकाको व्यवस्था गरिएको छ ।

मन्दिरको उत्तरपट्टि स्वास्थ्यचौकी र मन्दिरको पश्चिमपट्टि खानेपानीको व्यवस्था मिलाइने भएको छ । शान्ति सुरक्षाका लागि नेपाल प्रहरीको धुम्ती टोली परिचालन गरिने छ ।

मेला आगामी मङ्सिर ६ गते एकादशीदेखि सुरु भएर ९ गते पूर्णिमासम्म चल्नेछ ।

तपाइँको प्रतिक्रिया ।