कारबाहीमा २८ आतङ्ककारी मारिए

कारबाहीमा २८ आतङ्ककारी मारिए

उरुम्की (चीन) ४ मङ्सिर । चीनको पश्चिमी क्षेत्रमा पर्ने सिन्जिआङ्ग प्रान्तमा प्रहरीको कारबाही र आतङ्ककारी र प्रहरीबीच भएको दोहोरो गोली हानाहानमा परी २८ जना आतङ्ककारी मारिएको समाचार छ ।
प्रहरीले अपराधीको खोजी कार्य ५६ दिनसम्म जारी राखेको बताएको छ । चिनियाँ प्रहरीले शुक्रबार सो जानकारी दिएको हो ।
गत सेप्टेम्बर १८ मा सशस्त्र व्यक्तिहरुको एक समूहले अक्सु बैचेङ्ग गाउँमा अवस्थित एक कोइला खानीमा गरेको एक आक्रमणमा ११ सर्वसाधारण र पाँच प्रहरीको मृत्यु भएको थियो ।
आक्रमणकारीहरु पहाडी इलाकातर्फ भागेका बताइएको थियो । उनीहरुको खोजीलाई चिनियाँ प्रहरीले सशक्त बनाएको थियो । त्यसै क्रममा यी व्यक्ति मारिएको प्रहरीले जनाएको छ ।
चिनियाँ प्रहरीले मारिने ती व्यक्ति आतङ्ककारी भएको बताएको छ । आतङ्ककारी समूहमाथि गरिएको कारबाहीमा ती व्यक्ति मारिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले सुरु गरेको खोजी कार्य र दोहोरो गोली हानाहानमा २८ आतङ्ककारी मारिएका छन् । एक आतङ्ककारीले भने आत्मसमपर्ण गरेका पनि प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।