नगर दिवस मनाईने तयारी

काठमाडौँ, ३ मङ्सिर /नगरपालीका स्थापना भएको दिनलाई नगर स्थापना दिवस घोषणा गरी भव्य रुपले मनाउने तयारीमा बुढानिलकण्ठ नगरपालीका लागेको छ ।

आज वसेको राजनितिक दलका प्रतिनिधिहरु सम्मीलीत बैठकले नगर दिवस मनाउन संघिय समाजवादी फोरमका नगर प्रतिनिधि लाल बहादुर तामाङ्गको संयाजकत्वमा नगर दिवस मुल आयोजक समिति निर्माण गरेको छ भने उक्त समितिमा नेकपा माओवादी (विप्लव) का नगर प्रतिनिधि शिला लामा उपसंयोजक एवं नगरका तर्फबाट शाखा अधिकृत राजु प्रसाद न्यौपाने रहेका छन् । नगर दिवसको उपलक्ष्यमा विद्यालय स्तरिय हाजीर जवाफ प्रतियोगिता, साईकल दौड प्रतियोगीता एवं विविध साँस्कृतिक झाँकी एवं साँस्कृतिक कार्यक्रम गरिने समितिका संयोजक लालबाबु तामाङ्गले कपन अनलाईनलाई बताए ।

स्मरणीय रहोस २०७१ साल मंसिर १६ गते काठमाडौं उपत्यकाको उत्तरी भेगमा रहेका ६ वटा गा.वि.स. कपन, महाँकाल, चुनिखेल, चपली, विष्णु बुढानिलकण्ठ र खड्का भद्रकाली गाभि बुढानिलकण्ठ नगरपालीका घोषणा गरिएको थियो । नगर दिवस यहि मंसिर १६ गते मनाइदैछ ।

योपनि  पढ्नुहोस् :

कपन अब देशकै ठूलो बुढानीलकण्ठ नगरपालिकामा

तपाइँको प्रतिक्रिया ।