कपन साहित्य समाजको साधारण सभा हुने

कपन साहित्य समाजको साधारण सभा हुने

काठमाडौँ, ३ मङ्सिर / कपनमा अवस्थीत साहीत्यकारहरु तथा साहित्प्रति लगाव एवं अभिरुची भएका व्यक्तित्वहरुको विशेष संलग्नता रहने साहित्यीक संस्था कपन साहित्य समाजको साधारण सभा * पुष   २५ गते हुने भएको छ । मंसिर १ गते भएको संस्थाको कार्यसमितिको बैठकमा उपस्थीत १४ सदस्यीय भेलाले उक्त निर्णय गरेको छ ।

12204968_696853207083533_1044882233_n

वर्तमान कार्यसमिति निर्वाचित भएको ५ वर्षमा संस्थाको बैठक पुर्ण रुपमा समेत बस्न सकेको थिएन भने विगत लामो समयदेखि साधारण सभा हुन नसक्दा संस्थाका गतिविधिहरु प्रायः शुन्यनै थिए । संस्थाले साधारण सभाकै दिन कपनका स्थानीय साहित्यकार एवं संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय पुण्य प्रकाश नेपाल “यात्री” को जिवनीमा आधारित पुस्तक प्रकाशन गर्न लागेको संस्थाका सचीव पुण्य पुडासैनीले कपन अनलाईनलाई बताए । यद्यपी पुस्तक प्रकाशन गर्ने भनिएतापनी प्रकाशन समिति तथा पुस्तक प्रकाशनका लागी कुनै पनी तयारी हालसम्म नभएको श्रोतले जनाएकोे छ ।

आसन्न साधारण सभामा करिव २५ लाख बराबरको हिसाब किताव सार्वजनीक हुने अपेक्षा गरिएको छ भने हाल यस संस्थाको अध्यक्षमा कपन गा.वि.स.का निर्वतमान गा.वि.स. अध्यक्ष मिठाराम अधिकारी रहेका छन् ।

  • साधारणसभा मिति पुष   २५ गते हुनुपर्नेमा अन्यथा  हुन गयेकोमा  भूलसुधार  गरिएको छ । (सम्पादक कपन अनलाइन डट कम )

योपनि पढ्नुहोस् :

कपन साहित्य समाजको ५ वर्षमा तीनवटा बैठक

यो भवन मृतसरह बनिसकेको कपन साहित्य समाजको हो

८ वर्षदेखि साधारणसभासमेत नभएको कपन साहित्य समाजलाई ५ लाख

तपाइँको प्रतिक्रिया ।