Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/11/1447830103558_RoS-Ktm-Police-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गौशाला वृत उपत्यकाको उत्कृष्ट प्रहरीचौकी

काठमाडौं, ३  मंसिर उपत्यकाका वृत्तहरुमध्ये महानगरीय प्रहरी वृत्त गौशला उत्कृष्ट भएको छ । महानगरीय प्रहरी दिवसको उपलक्ष्यमा महानगरीय प्रहरीले हिजोगरेको अन्र्तर प्रहरी कार्यालयबीचको प्रतिस्पर्धामा गौशला वृत्त उत्कृष्ट भएको हो । वृत्तका प्रमुख डिएसपी सुरेन्द्र मैनालीलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल तथा एआईजी बिज्ञानराज शर्माले प्रशंसापत्र दिएका छन् ।

1447830103558_RoS-Ktm-Police (1)
दसाँै महानगरीय प्रहरी दिवसको उपलक्ष्यमा बुधबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल । तस्बिर : रासस

वृत्तले गुण्डागर्दीमा संलग्न तथा विभिन्न घटनाको सफल अनुसन्धान गरी आफ्नो क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न अन्य वृत्तले भन्दा राम्रो काम गरेकाले महानगरीय प्रहरी कार्याल्यले गौशला वृत्तलाई पुरस्कृत गरेको हो । गौशला वृत्तका डिएसपी सुरेन्द्र मैनाली गुण्डागर्दीमा संलग्न १२ जनालाई पक्राउ गरी कारबाही गरीसकेका छन् । त्यस्तै विभिन्न घटनाको सफल अनुसन्धान समेत गरेका थिए ।

 

त्यस्तै महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रेवती ढकाल पनि उत्कृष्ट कार्यसम्पादन गरेकोमा पुरस्कृत भएका छन् । इन्सपेक्टर टिकाराम रेग्मी, हवल्दार धर्मराज खड्का र जवान कुमार कार्की पनि उत्कृष्ट कार्य गरेकोमा आईजीपीबाट पुरस्कृत भएका छन् ।

तपाइँको प्रतिक्रिया ।