६ मानव कङ्काल फेला

धुन्चे, २ मङ्सिर । लाङ्टाङभित्रको लाङ्टाङ गाउँ पुरिएको क्षेत्रमा छ वटा मानव कङ्काल फेला परेको छ ।

रसुवा प्रजिअ शिवराम गेलालका अनुसार फेला परेको छ वटा मानव कङ्काल डिएनए परीक्षणका लागि नेपाली सेनाको हेलिकोप्टरबाट आज बिहान त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

गत वैशाख १२ गतेको भूकम्पसँगै आएको पहिरोले पुरिंदा १७५ स्थानीयवासी र सयौँ पर्यटक तथा पथप्रदर्शक माटामा दबिएको बताइन्छ । पहिरो क्षेत्रमा अझै त्रियासी जना बेपत्ता रहेका र उनीहरुको खोजी जारी रहेको प्रजिअ गेलालले जानकारी दिनुभयो ।

भूकम्पसँगै समुद्री सतहबाट छ हजार ५०० मिटरको उचाइ लाङ्टाङ लिरुङ हिमालमा आधार शिविर राखिएको ठाउँको ताल फुट्दा झरेको पहिरोले लाङ्टाङ गाउँ नै पुरिएको थियो ।

तपाइँको प्रतिक्रिया ।