Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/11/12243783_700105746758279_2096958583_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

प्रहरी प्रभाग कपनमा  नयाँ इन्स्पेक्टर

काठमाडौं, २ मंसिर प्रहरी प्रधान कार्यालयले ६ सय ५८ इन्स्पेक्टरको सरुवा गरेको छ । नियमित सरुवाअन्तर्गत प्रधान कार्यालयले एक वर्ष अवधि पुगेका इन्स्पेक्टरको सरुवा गरेको हो । सरुवाको सूचीअनुसार काठमाडौं प्रहरी परिसरमा कार्यरत फडेन्द्र रानाभाट   प्रहरी प्रभाग कपनमा  आउदै छन् भने  हाल कार्यरत  शिव कुमार बुढाथोकी २ नम्बर गण को ४ नम्बर गुल्म मा  पुगेका छन ।

नयाँ आउँ लागेका इन्स्पेक्टर फडेन्द्र रानाभाट   तनहु स्थानिय  बासिन्दा हुन् भने उनि हाल  सामाखुसी मा बस्दछ्न । बुढानिलकण्ठ नगर क्षेत्रमा पर्ने  नारयणथान  प्रहरी प्रभाग बुढानिलकण्ठमा   भने  रविन्द्र राज पान्डेनै कार्यरत छन  उनि सरुवाभइ आएको १ वर्ष पुरा नभएको हुदा कुनै परिवर्तन भएको छैन ।

kapan Police

 

यस्तै सरुवा हुने हरुमा उद्धवसिंह भाट महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा सरुवा भएका छन् । उमेश जोशीको सरुवा महानगरीय प्रहरी प्रभाग साँखुमा भएको छ भने गोपाल ढकालको इप्रका पथरीया पर्सा, गौरव महतको इप्रका कञ्चनपुर सप्तरी, दीपक कार्कीको इप्रका माडी, दिलीपराज झाको इप्रका लुम्बिनी, नमराज भट्टराईको इप्रका कृष्णनगरमा सरुवा भएको छ ।

 

दुई महिनाअघि इन्स्पेक्टरको आधारभूत तालिम पूरा गरेका एक सय २१ जना इन्स्पेक्टरको पनि प्रधान कार्यालयले सरुवा तथा पदस्थापन गरेको छ । दसैँअघि नै उनीहरूलाई काजमा खटाइएको थियो । प्रहरी प्रधान कार्यालयले रिक्त पदहरूमा बढुवाको प्रक्रिया पनि अघि बढाएको छ । तीन एसएसपी, ६ एसपीसहित विभिन्न तहका सयौँ पद रिक्त छन् । गत महिना पाँच हजार १६ दरबन्दी थपिएकाले कतिपयमा बढुवाबाट पदपूर्ति गर्नुपर्नेछ ।

तपाइँको प्रतिक्रिया ।