Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/11/Untitled-1.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

कपन गाविसका आठ अब नगरपालिकाका चार

कपन, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका अन्र्तगत रहेको तत्कालिन कपन गाविसमा रहेका वडाहरुलाई नगरपालिकाको वडा थप तथा पुर्नगठन गरिएको छ । गत असोज १ गते बसेको मन्त्रीपरिषदको बैठकले बुढानिलकण्ठ नगरपालिकाको तत्कालिन कपन गाविसका वडाहरुलाई नगरपालिकाको वडामा थप गर्नुका साथै पुर्नगठन गरिएको हो । कपन गाविसको आठ वटा वडाबाट नगरपालिकाको दुई वटा वडा बनेका थिए भने मन्त्रीपरिषदको यो निर्णयसँगै गाविसको आठ वटा वडाबाट नगरपालिकाको चार वडामा विभाजन गरिएको छ ।

Untitled-1
वडा पुर्नगठन तथा थप अन्तर्गत कपन गाविसमा रहेको चार र पाँच वडालाई नगरपालिकाको वडा नं. १३ कायम गरिएको छ भने गाविसको दुई र छ वडालाई नगरपालिकाको वडा नं. १८ बनाइएको छ । यसअघि दुई, चार, पाँच र छ गाविसको वडालाई नगरपालिकाको १३ नं. वडा बनाइएको थियो । यसैगरी गाविसको एक नम्वर वडालाई नगरपालिकाको वडा नं. १४ बनाइएको छ भने गाविसको सात, आठ र नौ नं. वडालाई नगरपालिकाको १९ नम्वर वडा बनाइएको छ । यसअघि एक, सात, आठ र नौ नं. वडालाई नगरपालिकाको १४ नम्वर वडा बनाइएको थियो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव चिरन्जिवी तिम्सिनाद्धारा हस्ताक्षर गरिएको पत्रले अव आउने दिनमा वडा थप तथा पुर्नगठन गरिएको अनुसार नै काम कारवाही गर्न समेत अनुरोध गरेको छ ।

तपाइँको प्रतिक्रिया ।