नवोदय वहुउद्देश्यीय सहकारी संस्थाको ८ औं वार्षिक साधारणसभा सम्पन्न १८ प्रतिशत नाफा बाढने

नवोदय वहुउद्देश्यीय सहकारी संस्थाको ८  औं वार्षिक साधारणसभा  सम्पन्न १८ प्रतिशत नाफा बाढने

नवोदय वहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेय सदस्य हरुलाई १८% नाफा वितरण गर्ने

12208216_696815390420648_578015527_n

काठमाडौँ  कत्तिक २२ गते  । नवोदय वहुउद्देश्यीय सहकारी संस्थाको ८  औं वार्षिक साधारणसभा हिजो शनिबार बौद्धमा  सम्पन्न भएको छ । साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष नारायणबहादुर भुजेलले    असार मसान्तसम्म सेयर सदस्यबाट १ करोड ८८    लाख ६३  हजार२ सय रुपया   सेयर पूँजी संकलन गरी बचत रकम ५ करोड ३५  लाख रुपैयाँ पुरयाएको जानकारी दिए । त्यस्तै साधारण जगेडा तथा अन्य कोषहरुमा १३ लाख  लाख ८५ हजार ७ सय ४७ रुपैयाँ पुगेको छ भने कुल दायित्व तथा सम्पत्ति ४   करोड ९३  लाख २६ हजार ४ सय ७२ रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

 

हाल २९२    जना सेयर सदस्य रहेको संस्थाले सदस्यहरुलाई स्वास्थ तथा दैवी प्रकोप राहत खर्च, मृत्यु र दुर्घटनालगायतका राहत खर्च प्रदान गर्दै आएको छ ।

सो अवसरमा संस्थाका सचिव तथा सहकारीविज्ञ शंकरप्रसाद आचार्यले   संस्थाका भावी योजनाबारे प्रकाश पारेका थिए भने कोषाध्यक्ष नेत्र प्रसाद आचार्य ले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक रामबाबु नेपालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रमुख अथितिकारुपामा उपस्थित सिन्धुपाल्चोक क्षेत्रनम्बर ३ का साम्सद शेरबहादुर तामांग ले संस्थालाई बधाई दिदै  अबको विकास निर्माण मा सहकारी संस्थाहरूलाई सँगै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

12204975_696815417087312_876100831_n

नवोदय वहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना शेय सदस्य हरुलाई १८% नाफा वितरण गर्ने जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।