Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/10/Nepal-Telecom.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

चाडपर्वको अवसरमा विभिन्न छुट योजना

काठमाडौँ, २७  असोज नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसरमा उपभोक्ताहरुलाई विभिन्न छुट दिने भएको छ । टेलिकमले असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म जिएसएम तथा सिडिएमए मोबाइलबाट कुरा गर्दा लाग्ने रकममा १० प्रतिशत छुट दिने पनि जनाएको छ । छुटपछि प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेडबाट प्रति मिनेट ९० पैसामा कुराकानी गर्न पाइनेछ ।

Nepal-Telecom

असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म टेलिकमको नेटवर्कभित्र दैनिक हुने कुल एसएमएस बापत त्यति नै संख्यामा बोनस एसएमएस दिइने टेलिकमको विज्ञप्तिमा छ ।

यस्तै टेलिकमले यसअघि २ सय रूपैयाँमा दिँदै आएको जिएसएम तथा सिडिएमए मोबाइलको सिम तथा रिम कार्ड कात्तिक १ गतेदेखि ९० रुपैयाँमा दिने जनाएको छ । त्यो सिमकार्डमा ५० रुपैयाँ बराबरको कुराकानी गर्न पाइने छ ।

टेलिकमले असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिनाका लागि जिएसएम तथा सिडिएमए मोबाइलका पोष्टपेड प्रयोगकर्तालाई ५० एमबी डाटा सित्तैमा उपलब्ध गराउने छ ।

यस्तै टेलिकमले कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (ल्याण्ड लाइन तथा सिडिएमए फोन) का प्रयोगकर्तालाई मासिक २ सय रुपैयाँमा एकसय ७५ निःशुल्क लोकल कल उपलब्ध गराउँदै आएकोमा कात्तिक महिनामा भने २ सय ७५ कल उपलब्ध गराउने छ ।

टेलिकमले यसअघि २ सय रुपैयाँ हालेर सिम किनिसकेका तर एक्टिभेट नगरेकाहरुलाई असोज ३० गते भित्र एक्टिभेट गर्न पनि आग्रह गरेको छ ।

तपाइँको प्रतिक्रिया ।