१२ ट्याङ्कर पेट्रोल काठमाडौँ आउदै

१२  ट्याङ्कर पेट्रोल काठमाडौँ आउदै

काँकडभिट्टा (झापा), २० असोज । पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएको ३५ ट्याङ्कर पेट्रोलियम पदार्थमध्ये १२ ट्याङ्कर आज काठमाडाँैं पठाइएको छ ।

सहायक जिल्ला अधिकारी कमल थापाले चार ट्याङ्कर पेट्रोल र आठ ट्याङ्कर डिजेल प्रहरीको सुरक्षामा काठमाडौँं पठाइएको बताउनुभयो ।

उहाँले पहाडी जिल्ला इलाम पाँचथर र ताप्लेजुङ पनि एक ट्याङ्कर पेट्रोल र दुई ट्याङ्कर डिजेल पठाएको बताउनुभयो । त्यसैगरी पाँच ट्याङ्कर पेट्रोलियम पदार्थ विराटनगर पठाइको उहाँको बताउनुभयो ।

यसरी पूर्वी नाका काँकडभिट्टाबाट भित्रिएको डिजेल र पेट्रोल गरी झापाका लागि १५ ट्याङ्कर मात्र बाँकी रहेको मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले बताउनुभयो ।

आजदेखि झापामा पेट्रोलियम पदार्थको आपूर्ति केही सहज भएको अध्यक्ष भण्डारीले बताउनुभयो

तपाइँको प्रतिक्रिया ।