क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

क्रिकेट प्रशिक्षक दासानाइकेले दिए राजीनामा

काठमाडौँ, १९ असोज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् ।

प्रशिक्षक दासानायकेले नेपाल क्रिकेट सङ्घ (क्यान)का कार्यवाहक महासचिव उत्तमकुमार कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका हुन् ।

Pubudu

सन् २०११ देखि नेपाली टोलीका श्रीलङ्काली मूलका क्यानेडाली नागरिक प्रशिक्षक दासानायकले व्यक्तिगत कारणले राजीनामा दिएको बताइएको छ ।

उनकै प्रशिक्षणमा नेपालले २०१४ को मार्चमा बङ्गलादेशमा विश्व ट्वान्टी–२० विश्वकप खेलेको थियो । यो क्रिकेटमा मात्र नभएर नेपाली खेलकुदकै अहिलेसम्मकै ठूलो उपलब्धि हो ।

राजीनामा दिए पनि अर्को महिना युएई पपुवा न्युगिनीविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको एक दिवसीय खेलसम्म दासानायकेले नेपाली टोली हेर्ने क्यानले जनाएको छ ।

तपाइँको प्रतिक्रिया ।