नाकामा अझै कडाइ

नेपालगन्ज, १९ असोज । अघोषितरुपमा नाकाबन्दी गर्दै आएको भारतीय पक्षले आज पनि नाकामा कडाइ गरेको छ ।

बाँके जिल्लाको जमुनहा नाकाबाट गएराति १७ गाडी नेपालगन्ज प्रवेश गरेका थिए । त्यसमध्ये डिजेल तीन ट्याङ्कर र दुईवटा ग्यास बुलेट प्रवेश गरेको भन्सार कार्यालय नेपालगञ्जले जनाएको छ ।

भारतले पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तु अत्यन्तै न्यून मात्रामा नेपाल पठाइरहेको छ । नेपालगन्जबाट भारतको गोण्डा डिपोमा पेट्रोलियम पदार्थ लिन गएका नेपाली ट्याङ्करलाई अत्यन्तै कम तेल दिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।

गोण्डा डिपोमा पेट्रोलियम पदार्थ लिन पुगेका ट्याङ्करमध्ये १० प्रतिशतलाई मात्र तेल दिने गरेको छ । रासस

तपाइँको प्रतिक्रिया ।