कावासोतीमा एम्बुलेन्ससहितको ¥याली

कावासोतीमा एम्बुलेन्ससहितको ¥याली

परासी, १९ असोज । एम्बुलेन्स सेवामा परेको मर्कालाई यथाशीघ्र समाधान गर्नुपर्ने माग राख्दै नवलपरासीमा आज एम्बुलेन्स चालकले एम्बुलेन्ससहितको ¥याली निकालेका छन् ।

भारतीय नाकाबन्दीका कारण पेट्रोल अभाव भएसँगै एम्बुलेन्स चालकले पेट्रोलियम पदार्थको माग राख्दै कावासोतीमा एम्बुलेन्ससहितको ¥याली निकालेका हुन् ।

नवलपुर एम्बुलेन्स सञ्चालन व्यवस्थापन समितिले कावासोतीको रेडक्रस चोकबाट निकालिएको एम्बुलेन्ससहितको ¥याली कावासोतीको इलाका प्रशासन कार्यालयमा पुगी ज्ञापनपत्र बुझाएको थियो ।

पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्रशासनिक निकायबाट कुनै पहल नभएको र एम्बुलेन्सलाई सहजरुपमा सञ्चालन गर्न आवश्यक पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नवलपुर एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष बाबुराम कँडेल तथा सचिव कपिल न्यौपानेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा वर्तमान अवस्थामा जीवन बचाउन सहजरुपमा अस्पताल पु¥याउने एम्बुलेन्स सेवा रोकिएको बताउनुभयो ।

नवलपुर क्षेत्रमा ३५ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् तर इन्धन अभावले अतिअ ावश्यक एम्बुलेन्स सेवा थन्किाएर राख्नुपरेको नवलपुर एम्बुलेन्स सङ्घका अध्यक्ष कँडेलले बताउनुभयो ।
रासस

तपाइँको प्रतिक्रिया ।