बन्दको विरोधमा विद्यार्थी ¥याली

काठमाडाँै, १९ असोज । भारतको अघोषित नाकाबन्दीको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिले आज काठमाडौँमा विद्यार्थी ¥याली निकालेको छ ।

बसन्तपुर डबलीबाट निकालिएको जुलुस रत्नपार्क हुँदै रत्नराज्यलक्ष्मी क्याम्पस अघि पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीलाई सम्बोधन गर्दै अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय समितिका अध्यक्ष अशोकप्रसाद पोखरेलले विद्यार्थीलाई कसैको हस्तक्षेप स्वीकार्य छैन भन्नुभयो ।

महासचिव लालबहादुर तामाङले नेपाली जनताको मौलिक हक र राष्ट्रियतामाथि जो कसैले प्रहार गर्न खोजेमा विद्यार्थीले त्यसको विरोध गर्ने बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।