काँकडभिट्टाबाट छ ट्याङ्कर पेट्रोलियम पदार्थ भित्रियो

काँकडभिट्टा (झापा), १९ असोज । पूर्वी नाका काँकडभिट्टाबाट ६ ट्याङ्कर पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

भारतीय आयल निगमको ‘सिलिगुडी टर्मिनल डिपो’बाट तेल भरेर आएका ६ ट्यांकर सोमबार राति १० बजे नेपाल भित्रिएको हुन् । भित्रिएका गाडीहरु तीन वटा डिजेलवाहक, दुई वटा पेट्रोलवाहक र एउटा हवाइ इन्धनबाहक छन् ।

ती मध्ये एउटा पेट्रोलको गाडी र एउटा डिजेलको गाडी पाँचथर र ताप्लेजुङ पठाइएको मेची पेट्र«ोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले बताउनुभयो । आज ११ बजेसम्ममा सिलगुडी डिपोमा २० ट्याङकर तेल लोड भइकेको र बाँकी १७ ट्याङकर पनि लोडको तयारीमा रहेको उहाँले बताउनुभयो ।

आज र भोलिसम्ममा सबै तेलका ट्याङ्कर नेपाल आइसक्ने उहाँको भनाइ छ । भोलिदेखि झापामा पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने भण्डारीले बताउनुभयो । रासस÷

तपाइँको प्रतिक्रिया ।