काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काँग्रेस महाधिवेशन फागुनमा गर्ने प्रस्ताव

काठमाडौँ, १९ असोज । नेपाली काँग्रेसको आज बसेको पदाधिकारी बैठकले पार्टीको १३औं महाधिवेशन आगामी फागुनको पहिलो सातामा गर्ने प्रस्ताव तयार गरी सो प्रस्ताव बुधबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय गरेको छ ।

images (1)

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति सुशील कोइरालाको सभापतित्वमा बसेको पदाधिकारी बैठकले आगामी माघ महिनाभित्र पार्टीको क्षेत्र, जिल्ला र गाउँ अधिवेशन सम्पन्न गर्ने र फागुनमा महाधिवेशन गर्न प्रस्ताव गरेको उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

काँग्रेसको विधानअनुसार महाधिवेशन गर्ने मिति यही असोज ५ गतेसम्म थप भएकामा नयाँ संविधानले गरेको व्यवस्था अनुसार थप छ महिनाका लागि वर्तमान नेतृत्वको कार्यकाल लम्बिएको हो ।

नयाँ संविधान निर्माणको काममा सबै राजनीतिक दल व्यस्त हुनुपरेकाले पूर्व निर्धारित समयमा महाधिवेशन हुननसकेको हो ।

आजको पदाधिकरी बैठकमा नयाँ सरकार गठन लगायत विषयमा अनौपचारिक विषयमा छलफलभएपनि केन्द्रीय कार्यसमिति बैठकमा यस बारे निर्णय हुनेछ ।

तपाइँको प्रतिक्रिया ।