मानवीय आवश्यकताका सामग्री आपूर्तिमा अन्तर्राष्ट्रिय समुदायको जोड

काठमाडौँ, १९ असोज । यहाँस्थित नेपालको विकासका स्थानीय साझेदारहरुले मानवीय आवश्यकताका सामग्रीको आपूर्ति एवम् वितरणको व्यवस्था मिलाउन भएका प्रयासको समर्थन गरेका छन् ।

युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, संयुक्त अधिराज्य, नर्वे र स्विट्जरल्यान्डका यहाँस्थित नियोगका प्रमुृखहरूले आज संयुक्त रुपमा एक वक्तव्य जारी गरी अहिलेको असहज अवस्थाबाट तराई र अन्य क्षेत्रका अत्यन्त निर्धन वर्ग प्रभावित भएका बताउनुभएको छ ।

अस्थायी आवासको जोहो र सन्निकटको शिशिर याममा आफूलाई अनुकूलन तुल्याउन सर्वसाधारणलाई अत्यावश्यक सामग्रीको आवश्यक परेको भन्दै वक्तव्यमा उहाँहरूले अहिलेको असहज परिस्थितिको शीघ्र अन्त्य हुने आशा व्यक्त गर्नुभएको छ ।

उत्तरदायित्व र सहमतिको भावनाका साथ थालिएको वार्तालाई परिणाममुखी तुल्याउन उहाँहरूले सम्बद्ध सबैलाई प्रोत्साहन गर्नुभएको छ । रासस

तपाइँको प्रतिक्रिया ।