Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/10/readingEggs.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सामुदायिक विद्यालयमा अनलाइन पठनपाठन गर्न÷गराउनलाई पहल

पाँचथर, १९ असोज । जिल्ला शिक्षा कार्यालयले जिल्लाका सामुदायिक विद्यालयमा अनलाइन शिक्षा पठनपाठन गर्न÷गराउनलाई पहल थालेको छ ।

यसको आवश्यक गृहकार्यका लागि जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको अध्यक्षतामा सुरु गर्न सरोकारवालाको बैठकले तीन सदस्यीय कार्यसमिति बनाएको छ ।

readingEggs

कार्यालयका योजना अधिकृत युगमणि सवेनहाङको संयोजकत्वमा फिदिम स्रोत केन्द्रका स्रोत व्यक्ति विनोद ठाकुर र पूर्व शिक्षा समिति सदस्य राधाकृष्ण न्यौपाने सदस्य रहेको समिति बनेको हो ।

समितिले तत्काल जिल्लाको नेट तथा विद्युत् पहुँचको अवस्था अध्ययन गरेर ई–शिक्षा अध्ययन अध्यापन गराउनलाई पूर्वाधारको काम थाल्ने निर्णय गरेको छ । यही शैक्षिक वर्षको तीन महिनाभित्रमा जिल्लास्थित सबै विद्यालयमा लागू गर्ने योजनाका साथ यो कार्यक्रम फिदिमस्थित विद्यालयबाट पहिलो चरणको रूपमा थाल्ने तयारी छ ।

अमेरिकाको ई–क्वालिटी फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोगमा ई–शिक्षा जिल्लामा लागू गर्न लागिएको हो । मावि, उमाविका विद्यार्थी लाभान्वित हुने गरी लागू गर्न लागिएको विद्यालयमा १५÷२० वटा कम्प्युटर तथा ट्यावलेट राखेर ई–शिक्षा सञ्चालन गर्ने बताइएको छ ।

अनलाइन शिक्षाका विषयमा उमेरसमूहका विद्यार्थी दक्ष भएपछि यसैबाट विद्यार्थी स्वःस्फूर्त विश्व ज्ञान विज्ञान हासिल गर्न सक्षम हुने विश्वास गरिएको छ । यसबाट विकसित देशका विद्यार्थीसँग प्रतिस्पर्धी गर्न सक्ने विद्यार्थी हाम्रो मुलुकमा उत्पादन हुनमा पनि सघाउ पुग्ने बताइएको छ ।

केही समय पहिले अमेरिकामा भएको जिशिअ नेपाल सम्मिलित फाउन्डेसनको भेलाले उल्लिखित जिल्लामा ई–शिक्षा लागू गर्ने निर्णय भएको जिशिकाले जनाएको छ । यो कार्यक्रम शिक्षा मन्त्रालयसँगको समन्वयमा ल्याउन लागिएको हो । रासस

तपाइँको प्रतिक्रिया ।