युवा सङ्घको विवाद मिल्यो

युवा सङ्घको विवाद मिल्यो

काठमाडौँ, १९  असोज । नेकपा (एमाले) निकट युवा सङ्घ नेपालको आन्तरिक विवाद अन्त्य भई राष्ट्रिय महाधिवेशन गर्न महासचिव राजीव पहाडीको संयोजकत्वमा सम्मेलन आयोजक समिति गठन भएको छ ।

10405574_1530315410555644_1646169877864559182_n
तत्कालीन अध्यक्ष महेश बस्नेत उद्योगमन्त्री भएपछि उपाध्यक्ष निरु पाललाई अध्यक्ष बनाइएपछि अर्का उपाध्यक्ष दीलु पन्तले समानान्तर गतिविधि सञ्चालन गर्नुभएको थियो । दुवै पक्षको संयुक्त केन्द्रीय कमिटीको बैठकले सम्मेलन आयोजक समिति गठन गरेको सचिवालय सदस्य रोशन बस्नेतले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटीको बैठक यही असोज १६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।