विष सेवनबाट एक युवतीको मृत्यु

सप्तरी, १७ असोज । सप्तरीको खड्कपुर गाविस–७ की १७ वर्षीया मञ्जु रामको आज विष सेवनबाट मृत्यु भएको छ ।

विष खानुका कारणबारे अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।