‘च्यातिएको पर्दा’को मञ्चनलाई निरन्तरता

‘च्यातिएको पर्दा’को मञ्चनलाई निरन्तरता

काठमाडौँ, १७ असोज । काठमाडौँको सुनधारास्थित थिएटर मलले अन्तिम नाटक ‘च्यातिएको पर्दा’को मञ्चनलाई निरन्तरता दिएको छ ।

यो नाटक नेपाली रङ्गमञ्चका चर्चित नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ द्वारा लिखित यस नाटकलाई थिएटर मलका लागि सुदाम सिकेले परिकल्पना तथा निर्देशन गर्नुभएको हो ।

असोज १२ देखि मञ्चन सुरु गरेका नाटकमा एक धनाध्य घरानिया घरमा हुने दुर्दशाको चित्रण गरिएको छ । यस घरको इज्जतको पर्दा दिनदिनै च्यातिँदै गएको छ । नाटकका हरेक पात्रभित्र छटपटी छ । धेरैअगाडि लेखिएको नाटकलाई मञ्चन गर्ने क्रममा समसामयिक बनाउने प्रयास र सोहीअनुरुप नाट्य परिकल्पना गरिएको निर्देशक सिकेले बताउनुभयो ।

नाटक ‘च्यातिएको पर्दा’मा आकृति श्रेष्ठ, विजया कार्की, केदार श्रेष्ठ, जीवन भट्टराई, प्रकु पाण्डे, कविर खड्का, कुशल पाण्डे, दिनलजङ्ग गुरुङ, सञ्जिता सञ्जीको अभिनय छ । असोज २५ गतेसम्म थिएटर मलमा यो नाटक मञ्चन हुने कला निर्देशक केदार श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।