Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/09/nepal_newsseto_machindranath.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

महाबलि पूजाका लागि मच्छिन्द्रनाथको रथजात्रा स्थगित

काठमाडौँ, १३ असोज । नियमित रुपमा सञ्चालन भइरहेको रातो मच्छिन्द्रनाथको रथजात्रा महाबलि पूजा गर्नका लागि आज एक दिन स्थगित गरिएको छ ।

हरेक वर्ष रथलाई लगनखेल पु¥याएपछि महाबलि गर्नुपर्ने प्रचलनअनुसार आज साँझदेखि भोलि बिहानसम्म महाबलि पूजा गरिसकेपछि मात्र पुनः रथजात्रा सुरु गरिने पूजारी विनोद बज्राचार्यले जानकारी दिनुभयो ।

nepal_newsseto_machindranath

प्रमुख बज्राचार्यका अनुसार रथ रहेको स्थान लगनखेलमा नै रथका पूजारी ३२ पानेजुको समूहले यो पूजा गर्ने गर्छन् । महाबलि पूजामा बोका, हाँस, राँगा, माछाको बलि दिनुका साथै विशेष किसिमको पूजा गरिने बताइएको छ ।

रथजात्रा वैशाखमा नै सुरु भएको भए पनि भूकम्पका कारण स्थगित भएर यही असोज ५ गतेदेखि सुरु भएको हो । महाबलिपछि भोलि रथलाई लगनखेलबाट कुमारीपाटीसम्म तानिने गुठी संस्थान ललितपुरका प्रमुख रुद्रनाथ अधिकारीले बताउनुभयो ।

यस वर्ष १२ वर्षको मेला परेकाले यस जात्रालाई विशेष रुपमा लिने गरिएको छ । यो जात्रालाई काठमाडौैँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा लिने गरिन्छ ।

तपाइँको प्रतिक्रिया ।