अब गाउँमा नै सिभिल इन्जिनियरिङको पढाइ

बेनी (म्याग्दी), १३ असोज । माध्यमिक तहमा प्राविधिक विषय अध्यापन गराउँदै आएको म्याग्दीको बेनी नगरपालिका–१० तोरीपानीमा सञ्चालित गलेश्वर उच्च माविले उच्च माध्यमिक तहमा पनि प्राविधिक विषय पढाउने अनुमति पाएको छ ।

प्राविधिक विषयमा उच्च माध्यमिक तह सञ्चालन गर्न पाउने गरी सरकारले सम्बन्धन दिएपछि सो अवसर प्राप्त भएको हो । गलेश्वर उच्च माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठहरबहादुर भण्डारीले भन्नुभयो, “यसै हप्तादेखि पढाइ सञ्चालन हुन्छ, विद्यार्थी सङ्कलन तथा शिक्षक छनोटबारे गृहकार्य भइरहेको छ ।” प्राविधिक विषय लिई माध्यमिक तह उत्तीर्ण गरेका विद्यार्थीलाई पढाउन सरकारले गत हप्ता मात्रै मुलुकका ६२ वटा उच्च माध्यमिक विद्यालयलाई छनोट गरेको थियो ।

प्राविधिक धारतर्फ मावि र उच्चमावि तहमा अध्यापन गर्ने सो विद्यालयले कक्षा ११ मा निःशुल्क भर्ना लिइने र विद्यार्थीलाई छात्राबास उपलब्ध गराइने समितिका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।