धनुषाका विद्यालय खुल्न थाले

धनुषाका विद्यालय खुल्न थाले

महेन्द्रनगर (धनुषा), १२ असोज । डेढ महिनादेखि मधेस बन्दको चपेटामा परेर बन्द रहँदै आएका धनुषाका संस्थागत विद्यालय खुल्न थालेका छन् । यद्यपि सामुदायिक विद्यालय भने अझै बन्द नै रहेका छन् ।

Dhanusha

सदरमुकाम जनकपुरसहित वरपरका संस्थागत विद्यालय खुल्न थालेका छन् । विद्यालयले विद्यार्थीलाई विद्यालय पोसाकमा नै आउन भने भनेका छैनन् ।

यता जिल्लाको उत्तरी र पूर्वी भेगका राजमार्ग छेउछाउका नगरपालिका र गाविसहरुमा विद्यालय खुलेका छन् । क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिकालगायत बेंगाडावर, लालगढ, तुलसी, धारापानी, वीरेन्द्रबजार, गोदार, पोरताहासहितका ठाउँका विद्यालय विधिवत् रुपमै सञ्चालनमा आएका छन् ।

निजी विद्यालय अर्गनाइजेसन प्याब्सनका जिल्ला अध्यक्ष नरेन्द्र सिंहले छ महिनामा जम्मा एक महिना मात्रै विद्यालय खुलेको तथा अब आउने चाडपर्वले पनि विद्यालय सञ्चालनमा बाधा पुग्ने भएकाले विद्यालय सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो । रासस

तपाइँको प्रतिक्रिया ।