Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/09/narayan-man-bijuchhe.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

भारतले नेपालसँग साम्प्रदायिक युद्धको सुरुवात ग¥यो — बिजुक्छे

भक्तपुर, ११ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले नेपालसँग साम्प्रदायिक युद्धको सुरुवात गरेको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी युवा सङ्घले आयोजना गरेको उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय फुटसल प्रतियोगितामा विजयी खेलाडीलाई पुरस्कार दिँदै उहाँले भारतले नेपालसँग साम्प्रदायिक र जातीय भड्काउ युद्ध सुरु गरेको बताउनुभएको हो ।

narayan-man-bijuchhe

“भारतले नेपालका समुदायलाई भड्काएर साम्प्रदायिक युद्ध सुरु गरेको छ”, बिजुक्छेले भन्नुभयो –“भारत आफैँले विरोध नगरी नेपालका तराईवासीलाई उचालेर विरोध गराएको छ, भारतले अघोषित नाकाबन्दी गरेर शत्रुताको घोषणा गरेको छ ।”

नेपाल सरकारले भारतको मात्रै भर नपरेर चिनियाँ नाका पनि खोल्नका लागि चासो दिनुपर्नेमा जोड दिँदै उहाँले तत्काल चीनबाट पेट्रोलियम पदार्थ र बङ्गलादेशबाट ग्यास ल्याउने काम सुरु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिजुक्छेले प्रतियोगितामा उपाधि हात पार्ने चाँगुनारायण नगरपालिका झौखेलस्थित नवीन इङ्लिस स्कुललाई ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गर्नुभयो । भक्तपुरको सहिद स्मृति खेल मैदानमा सम्पन्न भएको फाइनल खेलमा मध्यपुर थिमिको प्राइम एकेडेमीलाई २–४ को अन्तरले पराजित गर्दै नवीन इङ्लिस स्कुलले उपाधि हात पारेको हो ।

प्रतियोगितामा द्वितीय हुने प्राइम एकेडेमी र तृतीय हुने रोम्बस इङ्लिस स्कुल तथा आदर्श आजाद माविलाई बिजुक्छेले ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गर्नुभयो ।

त्यस अवसरमा उत्कृष्ट खेलाडीको उपाधि नवीन इङ्लिस स्कुलका आसुतोष न्यौपाने र उत्कृष्ट किपरको उपाधि प्राइम एकेडेमीका जीतबहादुर तामाङलाई प्रदान गरिएको थियो । कुल २१ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगिता गत असोज ३ गतेदेखि सुरु भएको थियो ।

तपाइँको प्रतिक्रिया ।