गाउँलेलाई सम्मान

गजुरी (धादिङ), १० असोज । नेपाली वर्णविन्यासका अध्येता डा गाउँले बलदेव अधिकारीलाई शनिबार यहाँ सम्मान गरिएको छ ।

लामो समयदेखि भाषिक आन्दोलनको नेतृत्व गर्दै आउनुभएका अधिकारीले व्याकरण तथा भाषा बचाऔँ आन्दोलनमा पु¥याएको योगदानको कदरस्वरुप सिर्जना प्रतिष्ठान धादिङ र एडभान्स एकेडेमीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

चौवन्न वर्षअघि धादिङ सुनौला बजारमा जन्मनुभएका अधिकारीले ‘वर्णविन्यासमा संस्कृतको प्रभाव’ विषयमा विद्यावारिधि गर्नुभएको छ । ‘धादिङ सिर्जना प्रतिष्ठानको चयनः ललितकला र संस्कृतिको उन्नयन’ भन्ने नाराका साथ चार वर्षअघि स्थापित प्रतिष्ठानले भाषा र संस्कृतिका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका धादिङका सर्जक र स्रष्टालाइ सम्मान गर्दै आएको प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।

सो अवसरमा डा अधिकारी र धादिङका विभिन्न विद्यालयमा नेपाली विषय अध्यापन गर्ने शिक्षकबीच भएको अन्तक्र्रियामा नेपाली भाषाको शुद्धता कायम राख्दै भाषाको संरक्षण र भावी पुस्तामा भाषाको स्थानान्तरणका विषयमा छलफल भएको थियो ।

तपाइँको प्रतिक्रिया ।