Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/09/Supriya-Budhathoki-playing-move-during-game.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

सुप्रियालाई चेस उपाधि

आश्विन १० , काठमाण्डौं । अन्नपूर्ण उच्चमावि ज्याठाद्धारा आयोजित अन्नपूर्ण मैत्री अन्तर स्कुल चेस टुर्नामेन्टमा छात्रा १० वर्षमुनीको उपाधि पायोनियर स्कुल कपनकी सुप्रिया बुढाथोकीले जितेकी छिन् ।

User comments

त्यस्तै छात्रा यू १४ को पायोनियरकै अनिषा न्यौपाने र छात्रा यू १६ को ग्रीनल्याण्ड स्कुल धापासीकी सुजना लोहनीले जितेकी छिन् । छात्रा यू १२ तर्फ पायोनियरकै आभा पुडासैनी शिर्ष स्थानमा रहेकी छिन् ।
राखेप सेमीकभर्ड हलमा सम्पन्न खेलमा छात्र तर्फ यू १० र यु १२ मा विन्धबासिनी माबि टोखाका निशान्त डंगोल र अनिश डंगोल ५ अंकका साथ अग्रस्थानमा रहेका छन् । त्यसैगरी छात्र यू १४ मा पायोनियरका विराज पुडासैनी र १४ बर्षमाथिको समुहमा पायोनियरका सुदिप तामाङ्ग र आयोजक अन्नपूर्णका मिलन लामा संयुक्तरुपमा शिर्षमा रहेका छन् ।

 

तीन दिने टुर्नामेन्टको आइतबार फाइनल चरणको खेल बिहान १० बजे शुरु हुनेछ भने दिउँसो १ बजे पुरस्कार वितरण हुनेछ ।

तपाइँको प्रतिक्रिया ।