“कफि तथा बरिस्ता पेशाामा उन्नत करियर छ”- मनोज खकुरेल

“कफि तथा बरिस्ता पेशाामा उन्नत करियर छ”- मनोज खकुरेल
IMG_8440
बरिस्ता इन्स्ट्रक्टर मनोज खकुरेल

कफिटक नेपाल २०१० मा स्थापित भएको कफिजन्य पेय सप हो । नेपाली कफिको प्रवद्र्धन गर्ने उद्धेष्यले स्थापित यो व्यापारिक संस्था हो । यस संस्थाको स्लोगन नै … your partners are here रहेको छ । कफि टक कफिसप मात्र नभई कफि सम्बन्धि हरेक कुरा जानकारी गराउने संस्था हो । कफिटक नामको म्यागाजिन पनि यस संस्थाले प्रकाशित गर्ने गरेको छ । बहुमुखी प्रतिभाका धनी नारायण खकुरेलले कफिटक नेपालको सुरुवात गरेका हुन् । अहिले कफिटकका राजधानीमा ३ वटा आउटलेट रहेका छन् । राजधानीमा कफिटकको उदयसँगै बरिस्ताका रुपमा भित्रिएका मनोज खकुरेल अहिले बरिस्ता इन्स्ट्रक्टर पनि हुन् । नेपाली कफि तथा बरिस्ताका बारेमा कफिटक नेपालको कमलपोखरीस्थित मार्काेपोलो हाउसमा रहेको कफिसपमा व्यस्त बरिस्ता मनोज खकुरेलसँग कपन अनलाइनसँग  गरेको अन्तवार्ता:

IMG_8412

कपन अनलाइन:  नेपालमा कफिको बजार, खेती र उपभोक्ताको अबस्था कस्तो छ ?

मनोज खकुरेल:  नेपाल कृषिप्रधान देश हो । यहाँ बिभिन्न खेतीबालीको खेती भैरहेका छन् भने केही नयाँ बालीहरुको पनि संभावना रहेको छ । यिनै खेतीबालीका बीच कफि खेती एक नगदेबालीको रुपमा फस्टाएको भविष्य उन्नत हुने बाली हो । नेपालमा ०३२ सालतिर गुल्मीबाट कफि खेतीलाई प्रयोगमा ल्याइएको हो । अहिले देशका ४० भन्दा धेरै जिल्लामा कफिको खेती गरिएको छ । कफिलाई नेपालको जलबायू तथा हावापानी अनुसार समुन्द्री सतहदेखि १००० मिटरदेखि माथि १६०० मिटरसम्मको भूभाग खेतीका लागि सर्वाधिक योग्य मानिन्छ । शूरुमा नेपाली कफिको उपभोग्य बजार खासै उत्साहजनक नभए पनि हाल आएर नेपाली बजार बिस्तारै राम्रो बन्दै गएको छ । नेपाली कफि विश्वमै राम्रो कफिमध्ये पर्ने भएकोले नेपाली किसान मात्र नभई विश्वबजार पनि नपाली कफिप्रति चासोका साथ हेरिरहेका छन् । नेपाली कफिका उपभोक्ताहरुको संख्या सिमित नै मान्नु पर्छ । सहरी भेकका केही प्रतिशतमात्र कफिप्रति चासो देखाउँछन् । विकासोन्मूख देश भएकाले कफि पिउने क्षमता सबै नेपालीले विकास गर्न सकेका छैनन् । तथापि युवावर्गको ठूलो हिस्सा अहिले कफितिर आकर्षित छन् ।

IMG_8416

कपन अनलाइन:  बरिस्ता भन्नाले के बुझिन्छ ? नेपालमा बरिस्ताले कफि बनाएर खुवाएको इतिहास र वर्तमान अवस्था कस्तो छ ?

मनोज खकुरेल:  बरिस्ता भन्नाले सामान्य अर्थमा कफि बनाउने व्यक्ति नै हो । कुनै निश्चित ठाउँमा आएका ग्राहकहरुलाई आदरपूर्वक कफिजन्य पेयको सेवा दिने व्यक्ति नै बरिस्ता हो । नेपालमा बरिस्ताले कफि बनाएर खुवाएको इतिहास त्यति लामो छैन । नेपालबाट अध्ययनको सिलसिलामा यूरोप अमेरिका पुगेका बिद्यार्थीहरु उतै सिकेर आएको पाककला यता नेपाल आएर प्रस्तुत गरेपछि नेपालमा बरिस्ताहरु उम्रन पुगेको मानिन्छ । आधिकारिकरुपमा १ दशकअघि ठमेलमा खुलेको हिमालयन जाभा नै आधिकारिक रुपको कफिसप भएकोले बरिस्ताको सहि प्रयोग यहिँबाट भएको हो । हाल आएर काठमाडौं, पोखरालगायत केही सहरमा खुलेका कफिसपहरुमा बरिस्ताहरु भेटिन सकिन्छ । बरिस्ता पेशा प्रतिष्ठित मानिने भएकाले कफिसपहरु बढ्न मात्र थालेका छैनन्  नेपाली बरिस्ताहरुको बिदेशमा पनि ठूलो माग हुने गरेको छ ।

IMG_8417

कपन अनलाइन:  बरिस्ताको स्वदेश तथा विदेशमा माग एवम् सम्भावना कस्तो छ ?

मनोज खकुरेल:  कलात्मक उत्तर दिने हो भने बरिस्ता एक बिशिष्ट कलाकार हो । कफि मेकिङ एक उन्नत किसिमको कलाकारिता हो । बरिस्ता अनुसार कफिको रुप हेर्नमात्र पाइने हैन कि कफिको स्वादसमेत बरिस्ता अनुसार बिशिष्ट स्वरुपमा पाइन्छ । यो कलाकारिता अहिले त विदेशमा जानेहरुका लागि सूवर्ण अवसरको रुपमा फस्टाएको छ । साथै बरिस्ता जति बिशिष्ट प्रकृतिको पेशा हो त्यति नै शारिरीक तथा मानसिक चाप न्यून पर्ने पेशा पनि हो । बरिस्ता सजिलो काम हो । हालका दिनहरुमा नेपालमा पनि बरिस्तालाई सम्मानित व्यवसायको रुपमा हेरिन्छ । अहिले आएर अन्य प्रकृतिका रेस्टुरेन्टमा कफि मेसिन राख्ने भएकाले बरिस्ताको माग काठमाडौंमा धेरै हुने गरेको छ । बिदेशमा युरोप अमेरिका जानेहरुले बरिस्ताको ट्रेनिङ लिने फेशन जस्तै भएको छ । किनकी ती देशहरुका बरिस्ताको ठूलो माग हुने गरेको छ भने युएइलगायतका देशमा पनि बरिस्ताको माग धेरै हुने गरेकोले सिमितमात्रामा मात्र रहेका  बरिस्ता तालिम केन्द्रहरुमा  भीड हुने गरेको छ ।

IMG_8423

कपन अनलाइन:  बरिस्ता तालीम प्रति नयाँ पुस्ताको आकर्षण कस्तो छ ?

मनोज खकुरेल:  बरिस्ता सजिलो पेशा हो । सजिलो तथा विशिष्ट पेशा अनि संभावना र माग धेरै भएकाले युवा पुस्ताहरु बरिस्तातिर धेरै आकर्षित छन् । बिभिन्न चाहनाले विदेश जान चाहनेहरु बरिस्ता तालीमका लागि मरिहत्ते गरेर लागेका छन् । विदेशमा पनि अन्य काममा भन्दा धेरै कमाई पनि हुने अनि सजिलो काम भएकाले बरिस्ता तालिम लिएर जान लालयित भएका हुन् । बरिस्ता तालिम सस्तो अनि थोरै लगानीमा महत्वपूर्ण ज्ञान लिन पाइने भएकाले आकर्षण दिनानुदिन बढ्दो छ । स्वदेशमै केही गर्न लालयितहरु बरिस्तामा आफ्नो करियर बनाउने अनि व्यवसाय गर्ने सोचका साथ बरिस्ता तालिममा आउने गरेका छन् ।

IMG_8415

कपन अनलाइन:  फस्टाउदो नेपाली कफि खेती, कफि प्रति बढ्दो आकर्षण अनि उपभोक्ताले उपभोग गर्ने महँगो कफिले कफि को भविष्य कस्तो देखाउछ ?

मनोज खकुरेल:  कफि सम्पूर्णमा नगदेबाली हो । लार्जस्केलमा खेती गर्ने हो कफिबाट गरिने आम्दानी कुनै पनि बालीभन्दा कयौँ गुना धेरै छ । एकपटक नगद तथा समय लगानी गरेपछि करिब ३ दशक आम्दानी गर्न सकिने बाली भएकाले नयाँ बालीमा आफ्नो भविष्य खोज्ने हरेक तह र तप्काका मानिस कफितिर विशेष आकर्षित छन् । विशेषगरेर युवाहरु कफि खेती तथा कफिजन्य व्यवसायमा एकदमै आकर्षित छन् । नेपाली कफि स्वदेशसहित विदेशमा धेरै माग हुने गरेकाले कफि विदेश निकासी हुन सक्ने नेपालको सबैभन्दा महत्वपूर्ण बाली पनि हो । हाल नेपालमा उत्पादन हुने कफिमध्ये ४० प्रतिशत स्वदेशमै खपत हुन्छ भने बाँकी विदेशमा जाने गरेको छ । हाल विदेशमा निकासी हुने परिमाणमा करिब ५० गुना धेरै कफिको माग हुने गरेको छ तर स्वदेशमा खेती अझै राम्ररी फस्टाउन भने सकेको छैन । नेपाली कृषिबाट जीवनोस्तर राम्रो बनाउन कफि सबैभन्दा महत्वपूर्ण छ । अधिकांश नेपाली कफि खेती अर्गानिक पनि हुने गरेकाले यसको विदेशी बजार अझै फराकिलो बनेको छ । कफि खेतीलाई सरकारले पनि सकारात्मक रुपमा लिएको हुनाले यो खेतीमा हातहाल्दा सरकारी हात पनि फराकिलो रुपमा पाइन्छ । कफिमा उन्नत करियर लुकेको छ ।

IMG_8416

कपन अनलाइन:   बरिस्ता तालीमप्रति युवाहरुलाई कसरी ध्यानाकर्षित गर्ने ? बारिस्ता तालीम कसरी लिने, बिस्तृतरूपमा बताई दिनुहोला ।

मनोज खकुरेल:  युवाहरुमा अझै कफिसम्बन्धि चेतनाको अभिबृद्धि गराउनु आवश्यक छ । यस सँग सम्बन्धित व्यक्ति तथा संघसंस्थाहरुले कफिको बारेमा जनचेतना बढाउनु आवश्यक छ । गाउँ गाउँ गएर कफिसम्बन्धि गोष्ठिहरुको आयोजना गर्नु पर्छ । धेरै लगानी गरेर विदेशिन लालयित युवाहरुलाई कफि खेतिमा लालयित गराउनु पर्छ । बरिस्ता तालिमका लागि राजधानीका सिमित ठाउँ उपलब्ध छन् । बरिस्ता तालिमका लागि धेरै समय नलाग्ने भएकाले चलेका कफिसपहरुमा जान सकिन्छ । राजधानीका केही चलेका कफिसपहरुले तालिम दिइरहेका छन् । कफि टक नेपालले पनि पछिल्ला केही वर्षदेखि उच्चस्तरीय तालिमप्रदान गरिरहेको छ । हामीकहाँ छाटो कोर्ष गरेर विदेश जानेहरुलाई स्पेशल क्लासदेखि स्वदेशमै कफिसपमा काम गर्न वा आफैले लगानी गरेर कफिसप खोल्न चाहनेहरुका लागि कक्षाको व्यवस्था छ । साथै हाम्रो कफिटक नेपाल तालिमका लागि राजधानीमा प्रशिद्ध पनि हो ।

IMG_8449

तपाइँको प्रतिक्रिया ।