भरुवा बन्दुकसहित तीन पक्राउ

भरुवा बन्दुकसहित तीन पक्राउ

भद्रपुर, ७ असोज । झापा जिल्लाको शनिअर्जुन नगरपालिका–३ दहिझोडास्थित सिकार खेल्न गइरहेको अवस्थामा एक थान भरुवा बन्दुक, ७० ग्राम बारुद छर्रा र एक थान मोटरसाइकलसहित तीनजनालाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खुदुनाबारी गाविस–८ बस्ने २० वर्षीय सनम खतिवडा र २४ वर्षीय प्रदीप भण्डारी तथा शनिअर्जुन नगरपालिका–३ बस्ने २३ वर्षीय गौरव बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाइँको प्रतिक्रिया ।