तेल ट्याङ्कर विस्फोटमा १५० को मृत्यु

तेल ट्याङ्कर विस्फोटमा १५० को मृत्यु

जुबा (दक्षिण सुडान), १ असोज । दक्षिण सुडानको मरिदी सहरनजिकै भएको तेल ट्याङ्कर विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १५० पुगेको समाचारदाताहरुले शुक्रबार जानकारी दिएका छन् ।

राजधानी जुबाबाट २५० किलोमिटर पश्चिममा अवस्थित मारिदी सहर नजिकै सो विस्फोटन भएको जनाइएको छ ।
वरिष्ठ स्थानीय अधिकारी जोन इज्कियाले दक्षिणी सुडानको आइ रेडियोलाई सो विस्फोटनमा परी सुरुमा ८५ जनाको मृत्यु भएको र सो सङ्ख्या पछि बढेर बिहीबार १५० पुगेको जानकारी दिनुभयो ।

सो विस्फोटनमा परी घाइते भएका कयौँ व्यक्तिको अवस्था चिन्ताजनक भएकोले मृतकको सङ्ख्या बढ्न सक्ने पनि इस्कियाले बताउनु भएको छ । घाइते सबैलाई स्थानीय मारिनी अस्पतालमा उपचारका लागि लगिएको छ ।

तपाइँको प्रतिक्रिया ।