दर्शकको मन जित्न सफल ‘भ¥याङ नाट्य समूह’

दर्शकको मन जित्न सफल ‘भ¥याङ नाट्य समूह’

खोटाङ, २९ भदौ । नाटकका माध्यमबाट चेतना जगाउने र सन्देश फैलाउने उद्देश्यका साथ मञ्चमा प्रस्तुत भइरहेको भ¥याङ नाट्य समूह खोटाङ दर्शकका मन जित्न सफल भएको छ ।

सहरमा नाटकको चासो र महत्व हराइसकेको अवस्थामा मोफसलका युवा कलाकार आबद्घ रहेको यो नाट्य समूह सान्दर्भिक नाटकमा निखारिएको प्रस्तुति दिएर दर्शकका मन जित्न सफल भएको हो ।

manxekoman-hamrokhotang

हालैका वर्ष जिल्लाकै पहिलो नाट्य समूहका रुपमा जिल्ला प्रशासन कार्यालय खोटाङमा दर्ता भई एकाङ्की तथा सडक नाटकलगायत सबै प्रकारका नाटक, प्रहसनजस्ता कार्यक्रम लगातार दर्शकसामु यसले ल्याइरहेकको छ । जिल्लाका विभिन्न गाविसमा रहेका कलाकार सामेल यो समूह नाट्य क्षेत्रलाई नै व्यावसायिक बनाएर लैजाने प्रयासमा रहेको नाट्य समूहका अध्यक्ष प्रकाश रिजालले जानकारी दिनुभयो ।

अन्य माध्यमबाट भन्दा नाटकका माध्यमबाट प्रभावकारी ढङ्गले सन्देश तथा चेतनामूलक जानकारी दिन सकिने भएकाले नाटकको महत्व रहेको कलाकारहरु बताउँछन् । समूहमा आबद्घ प्रायः सबैजसो कलाकारले नाटक मञ्चन तथा अभिनयसम्बन्धी धेरथोर तालिम लिएका छन् ।

समूहले हालै मात्र सदरमुकाम दिक्तेलमा नाटक ‘मान्छेको मन’मार्फत दर्शकको मन जितेका छन् । दिक्तेलस्थित समीक्षालय हलमा मञ्चन गरिएको साहित्यकार मेम्बर राईको सन्देशमूलक नाटकलाई मञ्चमा उतारिएको हो । छोराको नाममा हुने बहुविवाह, महिलाले पाउने यातना, कुटपिट, अन्धविश्वास लगायतका घरेलु हिंसालाई चित्रण गरिएको नाटक हेर्न टिकट लिएर आउने दर्शकको बाक्लो भीड लागेको थियो । दुई दिन मञ्चन गरिएको नाटकमा दर्शकको उपस्थितिले थप उत्साहित बनाएको समूहका कोषाध्यक्ष योगिन राईले बताउनुभयो ।

यसअघि मेम्बर राईकै नाटक ‘झुपडीको व्यथा’ मञ्चन गर्दा समूहले दर्शकबाट अपार माया र साथ पाएको राईको भनाइ छ ।

समूहमै आबद्घ कलाकारले गाउँगाउँ डुलेर प्रस्तुत गरेको वैदेशिक रोजगारसम्बन्धी चेतनामूलक नाटक ‘कथा विदेशको’ लाई पनि दर्शकले रुचाएका थिए ।

फोटो साभारः : हाम्रोखोटाङ डट कम

तपाइँको प्रतिक्रिया ।