कपन क्याम्पसमा नयाँ प्रमुख र सहायक प्रमुख नियुक्त

कपन क्याम्पसमा नयाँ प्रमुख र सहायक प्रमुख नियुक्त

२७ भाद्र / बुढानीलकण्ठ नगरपालिका वडा नं १२ कपन मिलनचोकमा रहेको कपन बहुमुखी क्याम्पसले नयाँ क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुख नियुक्ति गरेको छ ।
शिक्षा क्षेत्रमा लामो समयदेखि आबद्ध भूमिदत्त पौडेल र डोरप्रसाद आचार्य आगामी ४ वर्षका लागि असोज १ गतेबाट लागू हुने गरी क्रमशः क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखमा नियुक्त हुनुभएको छ । निर्वतमान क्याम्पस प्रमुख बिन्दु भण्डारीले आफ्नो व्यक्तिगत कारण दर्शाइ क्याम्पस प्रमुखबाट राजिनामा दिनुभएपछि रिक्त पदमा क्याम्पस व्यवस्थापन समितिले पौडेललाई नियुक्त गरेका हो भने आचार्यलाई क्याम्पस प्रशासनले सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो ।

12004730_898361220218301_5445729053913820239_n
क्याम्पस प्रशासनले भाद्र २५ गते शुक्रबार क्याम्पस प्राङ्गणमा आयोजना गरेको क्याम्पस प्रमुखको विदाई तथा हस्तान्तरण कार्यक्रममा सो कुराको औपचारिक जानकारी दिइएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुमार ओझाले समुदायसँग सहकार्य गरेर यस भेगकै उत्कृष्ट क्याम्पस बनाउन व्यवस्थापन समिति, प्राध्यापक र विद्यार्थीको एकतामा जोड दिनुभएको थियो । उहाँले उत्कृष्ट शिक्षाका लागि केहि पनि कसर बाँकी नराख्न नवनियुक्त क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई निर्देशन पनि दिनुभएको थियो ।
क्याम्पसकै निर्वतमान क्याम्पस प्रमुख बिन्दु भण्डारीले आफ्नो ३ वर्षीय कार्यकालमा क्याम्पसले दिएको जिम्मेवारी आफूले सक्दो पुरा गरेको र क्याम्पसले धेरै कुरा सिकाएको बताउनुभयो ।
त्यसैगरी नवनियुक्त क्याम्पस प्रमुख पौडेलले कपन क्याम्पसलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउन आफ्नो टिम लागिपर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
व्यवस्थापन समितिका सदस्यहरु, क्याम्पसमा अध्यापन गराउने अध्यापकहरु र विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा व्यवस्थापन समितिका उपाध्यक्ष ठाकुर खकुरेल, बालउद्धार उमाविका अध्यक्ष श्याम डोटेल, व्यवस्थापन समितिका सदस्य एंव समाजसेवी डम्बर अधिकारीले पनि मन्तव्य दिनुभएको थियो ।

तपाइँको प्रतिक्रिया ।