रेडक्रशको आयोजनामा कपनमा २६ गते बृहत्त रक्तदान कार्यक्रम हुँदै

रेडक्रशको आयोजनामा कपनमा २६ गते बृहत्त रक्तदान कार्यक्रम हुँदै

कपन अनलाइन, भाद्र २४
नेपाल रेडक्रश सोसाइटी कपन उपशाखाले आउँदो भाद्र २६ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । काठमाडौँ लगायत देशभरी रगतको अभाव देखिन थालेको समाचार आइरहेको बेला रेडक्रश सोसाइटी कपनले वृहत्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो । कपनकै अर्काे सामाजिक संस्था सदाबहार खेलकुद समाजको सहकार्यमा आयोजना हुन लागेको बृहत्त रक्तदान कार्यक्रममा धेरैभन्दा धेरै रक्तदाता समेट्न बिभिन्न तयारी भैरहेको कपन रेडक्रश सोसाइटीका सभापति बृहस्पती चालिसेले बताए । युवा नेता तथा काठमाडौं क्षेत्र नं. ४ का सभासद गगन थापा प्रमुख अतिथि रहने बृहत्त रक्तदान कार्यक्रममा अर्का युवा नेता डा. राजन भट्टराइले विशेष अतिथि रहने सभापति चालिसेले बताए । कपनमा क्षेत्रमा यसअघि पनि पटक पटक रक्तदान कार्यक्रम आयोजना गरिसकेको सदाबहार खेलकुद समाज बृहत रक्तदान कार्यक्रम सहआयोजक हुने भएकोले रक्तदाता उल्लेख्य मात्रामा हुने पनि चालिसेले बताए ।

Desktop4
रक्तदान जीवन दान भएकोले रक्तदानमा समाजका सबै पक्षलाई सहभागि गराउने उद्धेश्यले भाद्र २६ गते हुने लागेको वृहत्त रक्तदान कार्यक्रममा विशेष सहयोग गरेको सदाबहार खेलकुद समाजका सचिब बद्रि भट्टराइले बताए । भट्टराईका अनुसार रक्तदान कार्यक्रमलाई बृहत्त बनाउन विशेष तयारी गरिएको छ । नेपाल रेडक्रश सोसाइटीले समाजका सबै तह र तप्काका मानिसहरुलाई रक्तदानमा सहभागि हुन आग्रह गरेको छ । रक्तदान कार्यक्रम भाद्र २६ गते शनिवार बिहान १० बजेदेखि कपन रेडक्रश सोसाइटीको कार्यालय प्रांगण हुनेछ ।

तपाइँको प्रतिक्रिया ।