ललितपुरमा पहिलो मोबाइल एक्स्पो २५ गतेदेखी

ललितपुरमा पहिलो मोबाइल एक्स्पो २५ गतेदेखी

ललितपुर भदौ २२ गते । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालनमा ल्याउने भएको छ । मोबाइल ग्राहकहरुलाई मोबाइलसँग सम्बन्धित विभिन्न सेवा सुविधाहरु एकै स्थानबाट प्रदान गर्न पहिलो पटक मोबाइलहरुको मल्टिब्राण्ड शोरुम ललितपुर मलमा संचालन गर्न लागिएको हो ।

Lalitpur-Mobile-Expo
उक्त मलको उद्घाटन तथा मल्टिब्राण्ड मोबाइल शोरुमको शुभारम्भको बारेमा जानकारी दिन सोमबार मलमा पत्रकार सम्मेलनको आयोजना गरियो । पत्रकार सम्मेलनमा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले नेपालमा नै पहिलो पटक नौलो अवधारणामा मल्टिब्राण्ड मोबाइल शोरुम संचालन हुन लागेको जानकारी दिँदै कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने बताउनुभयो । अध्यक्ष बस्नेतले अन्य स्थानहरुमा बेचिने मोबाइलका विभिन्न एसेसरिजहरु झिकेर सस्ता एसेसरिज राख्ने गरिएको भन्दै यो कम्प्लेक्समा ग्राहकहरुलाई गुणस्तरीय उत्पादन मात्र बिक्री गरिने स्पष्ट पार्नुभयो ।

ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्सले नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गर्न लागेको हो । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आउने छन् । त्यस्तै मलको दोस्रो तल्लामा नेपालमै पहिलो पटक सबैभन्दा ठूलो मोबाइल शोरुम स्थापना हुनेछ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन् ।

नेपालकै सबैभन्दा ठूलो मोबाइल शोरुम तथा ललितपुर मल संचालनमा आउन लागेको अवसरमा यहि भदौ २५ गतेदेखि ३ गतेसम्म ललितपुर मोबाइल कम्प्लेक्सले मोबाइल एक्सपो २०७२ आयोजना गर्न गईरहेको छ । कम्प्लेक्सको शुभारम्भको अवसरमा मेला अवधिभर हरेक मोबाइलको खरिदमा ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट ग्राहकहरुले प्राप्त गर्नेछन् । यो मोबाइल कम्प्लेक्समा न्यूनतम ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।

विगत १३ वर्षदेखि मोबाइल व्यवसायमा संलग्न रहेका मोबाइल व्यवसायीद्धारा संचालन हुने यो मोबाइल कम्प्लेक्समा एक्स्पोको अवसरमा हरेक दिन लक्कि ड्र मार्फत पाँच वटा स्मार्टफोन उपहार प्रदान गरिनेछ ।

नेपालको सबैभन्दा ठूलो मोबाइल शोरुममा दक्ष प्राविधिकबाट मोबाइल मर्मत गर्ने तथा नेपालभरी कतैपनि बन्न नसकेको मोबाइल पनि यहाँको सर्भिस सेन्टरमा छिटो मर्मत गर्नसक्ने क्षमता रहेको छ । यो मलमा विश्व बजारमा आएका नयाँ मोबाइल फोनहरु लन्चिंग गराई बिक्रीको लागि उपलब्ध गराईने व्यवस्था मिलाईएको छ ।

यहि वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हरेक ग्राहकहरुले विभिन्न मल तथा कम्प्लेक्स भवनहरुको सूरक्षाको बारेमा प्रश्न उठाईरहेको बेलामा यो मल कर्मचारी संचयकोषले निर्माण गरेको र भूकम्प प्रतिरोधी भएको समेत सगर्व जानकारी गराउँछौ । भूकम्प प्रतिरोधि भवन भएको हुँदा नै ललितपुर मलमा वल्र्ड भिजन, संयुक्त राष्ट्र संघको कार्यालय तथा के ल्याबको कार्यालयलगायतका अन्तर्राष्ट्रिय संघसंस्थाहरुले कार्यालय संचालन गरिरहेका छन् । त्यस्तै यो मल आगलागिबाट पनि सुरक्षित हुने र त्यसको लागि प्राविधिक उपायहरु अवलम्बन गरि निर्माण गरिएको छ ।

मलको उदघाट्न तथा मोबाइल कम्प्लेक्सको शुभारम्भसँग हुने एक्स्पोमा करिब १० लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल खरिदकर्ता ग्राहकहरुमध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट बम्पर उपहार प्रदान गरिनेछ ।
मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ । त्यसैगरी भूकम्प पिडितलाई स्मार्टफोनको खरिदमा ८ जीबीको मेमोरीकार्ड निशुल्क दिईने छ ।

नेपालको पहिलो र सबैभन्दा ठूलो मल्टिब्राण्ड शोरुमले आयोजना गरेको मोबाइल एक्स्पोमा प्रवेशका लागि टिकट दर रु १०० तोकिएको छ भने विद्यार्थीका लागि रु ५० तोकिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

तपाइँको प्रतिक्रिया ।