पायोनियर चेस सम्पन्न

पायोनियर चेस सम्पन्न

काठमाडौँ  भदौ १९  । चौथौं पायोनियर अन्तर स्कुल चेस टुर्नामेन्ट सम्पन्न  भयो । छात्र जुनियरतर्फ पायोनियरका अनिल लामा प्रथम, सम्पूर्णराज न्यौपाने द्धितीय र विजय लामा तृतीय भएका छन् । त्यस्तै छात्र सिनियरतर्फ ग्रीनल्याण्डका सुसन गौतम प्रथम र बिशाल सुनुवार दोश्रा र पायोनियरका बिराज पुडासैनी तेश्रो भए ।

11350862_805485486239877_5960934450532538136_n

त्यसैगरी छात्रातर्फ ग्रीनल्याण्डकीे सुजाना लोहनी प्रथम, महाँकालकी सुरुची थिङ्ग दोश्रो र पायोनियरकी संगीता कार्की तेश्रा भइन् ।

दुईदिने टुर्नामेन्टमा रनिङ्गशिल्ड २७ अंकका साथ आयोजक पायोनियर इन्टरनेशनल पब्लिक स्कुलले जिते ।

त्यस्तै प्रथम बुढानिलकण्ठ नपा खुल्ला चेस टुर्नामेन्टतर्फ पायोनियर चेस क्लबका सुदिप तामाङ्ग प्रथम, ग्रीनल्याण्डका सुरज लोहनी दोश्रा र रामचन्द्र देवकोटा तेश्रा भए ।

विजयी खेलाडीहरुलाई एक समारोहबीच खेलविज्ञ केशवराज गौतमले पुरस्कृत गरेका थिए । टुर्नामेन्टमा २५ स्कुलका १०२ खेलाडीहरु सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।