मिस यूथनेपाल २०१५ को टाईटल गीतको रेकर्डिङ सम्पन्न

मिस यूथनेपाल २०१५ को टाईटल गीतको  रेकर्डिङ सम्पन्न

काठमाडौँ, भदौ १४– नेपालमा प्रथम पटक निशुल्क हुन लागेको    “मिस यूथनेपाल २०१५” को टाईटल गीत बुधवार  काठमाडौँमा  रेकर्डिङ गरिएको छ ।

मिस यूथ नेपालको कार्यक्रम व्यवस्थापक जनक खड्काको शव्दरहेको गितलाई गायक एंव संगीतकार रेवत राईले संगित दिएका छन भने सिनेजोन स्टुडियोमा रेकर्ड भएको थियो ।

उक्त गितमा गायक रेवत राई, चलचित्र निर्देशक दिनेश डिसी सहित खोजि प्रतिाभाको –२ का विजेता विक्रम लिम्वू, स्वर सँग्रामका विजेता धु्रव तामाङ, नेपाली तारा सिजन ३ का उपविजेता देवेश राई, रेडियो नेपाल गायन प्रतियोेगीता २०७१ का विजेता रुपेश ताम्राकार, प्रथम मिस राई यूमा राई, गायीका वविना किँराती, समिर लिम्वू, वोनी दाहाल, सरु नेपालको स्वर रहेको छ । विना शुल्क गर्न लागिएकाले सर्वत्र चर्चा वढेसँगै आफ्नो ब्राण्डको चर्चालाई कायम राख्न केहि नयाँ ढाँचाले कार्यक्रम गर्न लागिएको कार्यक्रम व्यवस्थापक जनक खड्काले वताए ।

miss-youth-nepal1

 

मिस यूथ नेपालको कोरीयोग्राफी कला सूब्बाले गरिरहेकी छन् भने यस कार्यक्रमको गु्रमिङ सेसन वुधवारबाट बागवजार प्लाजास्थित हलमा भईरहेको छ ।आयोजक ट्रिक मिडियाको प्रवन्धक नहकुल खड्काका अनुसार जम्मा १५७ को आवेदन परेकोमा अडिसनवाट ३२ जना छनौट भएका छन् भने जस्मा यस अघि भएका विभिन्न सौन्दर्य प्रतियोगीताका विजेता, उपविजेताहरुको वाहुल्यता रहेको छ ।सौन्दर्यप्रतियोगीता­­को वृद्धि विकासको लागी भनेर गर्न लागिएको यो कार्यक्रममा कोरियोग्राफर कला सूब्वा सहित निर्देशक दिनेश डि.सी., सूमन दाहाल, सुचित्रा श्रेष्ठ, कलाकार क्याप्टेन विजय लामा, संगीतकार महेश खड्का, फोटोग्राफर शिवलाल श्रेष्ठ आदिले व्यक्तीत्व विकास, सञ्चार क्षमता, महिला शशक्तीकरण, फोटोसुट सहित विविध कक्षाहरु सञ्चालन गर्नेछन् भने कार्यक्रमको फाईनल भदौको अन्तिम सातामा  आयोजना गरिने  आयोजक बताउछ ।

तपाइँको प्रतिक्रिया ।