हडतालको मारमा परेपछि विद्यार्थी शिक्षा कार्यालयमा

विराटनगर, १३ भदौ । आफ्नो पढ्ने हक खोसिएको भन्दै विद्यार्थी आज विराटनगरस्थित जिल्ला शिक्षा कार्यालयको परिसरमा पढाइ गर्न बसेका छन् ।

सीमाङ्कनप्रति असन्तुष्ट दलहरुको लगातार १७ दिनदेखिको जारी बन्दका कारण विद्यालयमा पठनपाठन ठप्प हुँदा बाध्य भएर विद्यार्थी शिक्षा कार्यालयमै पढाइ गर्न बसेका हुन् ।

आपूmहरुका पढ्ने नैसर्गिक अधिकार हनन भइरहेकाले यस विषयमा शिक्षा कार्यालयलाई गम्भीर भएर अविलम्ब पठनपाठनको वातावरण मिलाउनका लागि दबाब दिने उद्देश्यले यो कदम चाल्नुपरेको विद्यार्थी बताउँछन् ।

छात्र सर्वज्ञराज पाण्डेले विद्यालयमा गरिएका हडताल जारी रहेसम्म प्रत्येक दिन शिक्षा कार्यालयको परिसरमै बसेर पठनपाठनलाई निरन्तरता दिने बताउनुभयो ।

विद्यार्थीको पढ्ने हक खोसिएकाले अविलम्ब पढाइ सञ्चालन गर्नुपर्नेलगायतका माग राखी निमित्त प्रजिअ जयप्रसाद महतलाई ज्ञापनपत्र बुझाइएको उहाँले बताउनुभयो ।

यसअघि, विद्यार्थीले ट्राफिक चोकबाट सुरु गरेको ¥याली नगरका विभिन्न भागमा परिक्रमा गरी जिल्ला शिक्षा कार्यालयमा पुगेको थियो । सो क्रममा विद्यार्थीले ‘बन्द किन ?’ ‘हामीलाई निरन्तर रुपमा पढ्न दिनुपर्छ’ लगायतका प्लेकार्ड बोकेका थिए ।

तपाइँको प्रतिक्रिया ।