च्यासल मैदान अब अत्याधुनिक ‘कृत्रिम रङ्गशाला’ बन्ने

काठमाडौँ, १० भदौ । ललितपुरको च्यासलस्थित ‘च्यासल फुटबल मैदान’ अब ‘कृत्रिम रङ्गशाला’मा परिणत हुने भएको छ ।
मैदान निर्माण गर्ने जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालय स्वयम्ले लिएको छ । यहाँ आज आयोजित कार्यक्रममा मन्त्रालयका तर्फबाट राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष गणेश थापाले सम्झौंतामा हस्ताक्षर गर्नुभयो ।

यसअघि बिगत ३० वर्षदेखि उक्त मैदान एन्फा मातहत थियो । गत वैशाख १२ गतेको भूकम्पका कारण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुनःनिर्माण गर्नुपर्ने भएको र त्यसका लागि चार÷पाँच वर्ष लाग्नसक्ने भएकाले विकल्पका लागि च्यासल मैदान प्रयोगमा ल्याउन लागिएको हो ।

कार्यक्रममा युवा तथा खेलकूदमन्त्री पुरुषोत्तम पौडेलले मुलुकमा रङ्गशाला अत्यावश्यक भएको ठानेर एन्फाले ल्याएको प्रस्ताव स्वीकार गरेको बताउनुभयो ।

उहाँले देशको समग्र खेलकुद विकासका लागि सरकारले ध्यान पु¥याएको बताउँदै भन्नुभयो, “च्यासल मैदान निर्माणका लागि जतिसुकै लागेपनि मन्त्रालय खर्च जुटाउन तयार छ ।”

एन्फा अध्यक्ष थापाले अन्य सबै काम मन्त्रालय मातहत हुने भएपनि रङ्गशालामा बत्ती हाल्ने काममा विश्व फुटबल सङ्घ(फिफा)को सहयोगमा एन्फाले गर्ने जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।