सद्भावका लागि युवाहरुको ¥याली

काठमाडौँ ,९ भदौ । सद्भावका लागि युवाहरुको ¥याली काठमाडौं । कैलालीमा भएको घटनापछि सद्भाव कायम गरौ भन्दै राजधानीको माइतिघर मण्डलामा एक सद्भाव ¥यालीको आयोजना गरियो ।

सामाजिक संझाल फेसबुकको एक समूह मेन्स रुम रिलोडेडको आयोजनामा भएको हामी नेपाली हाम्रो सद्भाव ¥याली माइतीघर मण्डलाबाट बिजुलीबजार सम्म पुगेर फेरी माइतीघर मण्डलामा नै आएर टुंगिएको थियो । सम्पूर्ण नेपाली एक हौ भन्ने नाराका साथ भएको कार्यक्रममा बिबेकशील नेपाली, अब पालो हाम्रो र एभरेष्ट मोटर वाइकर्स समुहले सहकार्य गरेको थियो भने हिमालयन इन्जिनियरिङका बिद्यार्थीहरुको सहभागिता थियो ।

राष्ट्रिय एकता कायम राख्न आग्रह गर्दै भएको कार्यक्रममा कैलाली घटनामा दिबंगत भएका प्रहरीहरुलाई श्रद्धान्जली समेत व्यक्त गरिएको थियो । उनीहरुको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण समेत गरिएको थियो । माइतिघर मण्डलामा नेपालको नक्सा बनाई दिप प्रज्वलन समेत गरि सामाजिक सद्भाव कायम राख्न सहभागीहरुले आग्रह गरेका थिए । कार्यक्रमका संयोजक बिक्रम केसीले सामाजिक सद्भाव कायम राखी बन्द सधैको लागि बन्द गर्न अनुरोध गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।