Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/11892168_1038188706199897_1689544467606100574_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

मानवीय क्षतिबारेको तथ्याङ्क सच्यायो , आक्रमणमा सात प्रहरीको मृत्यु

धनगढी, ७ भदौ । कैलालीको टीकापुर नगर क्षेत्रमा आज अपराह्न थरुहटका प्रदर्शनकारीले गरेको आक्रमणबाट वरिष्ठ प्रहरी उपरीक्षकसहित सात प्रहरी र दुईवर्षीय एक बालकको मृत्यु भएको छ ।

11892168_1038188706199897_1689544467606100574_n
कैलालीका प्रजिअ राजकुमार श्रेष्ठले प्रदर्शनकारीले टीकापुरमा लगाइएको निषेधाज्ञा तोड्दै सुरु गरेको आक्रमणबाट सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको मृत्यु भएको जानकारी दिनुभयो ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम विष्ट, प्रहरी गुल्म धनगढीका प्रहरी निरीक्षक केशव बोहरा, प्रहरी हबल्दार लक्ष्मण खड्का र प्रहरी जवान लोकेन्द्र चन्दको पनि मृत्यु भएको छ । सशस्त्र प्रहरीतर्फ उग्रतारा गण टीकापुरका प्रहरी हबल्दार ललित साउद र प्रहरी जवान रामबिहारी थारुको मृत्यु भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । हबल्दार थारुको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रहरी नायब महानिरीक्षक रामकुमार खनालले थप एक शव घटनास्थल नजिकको खेतमा फेला परेको भए पनि शवको सानाखत हुन नसकेको बताउनुभयो । आक्रमणमा परी टीकापुर नजिकको मुनुवा गविस–६का दुई वर्षीय बालक टेकबहादुर साउदको पनि मृत्यु भएको छ ।

रासससँग कुरा गर्दै प्रजिअ श्रेष्ठले प्रदर्शनकारी प्रत्येक व्यक्तिले लाठी भाटा, हँसिया, भालालगायत घरेलु हतियार बोकेर प्रदर्शन गर्दै एक साथ प्रहरीमाथि जाइलागेपछि प्रहरी हताहत भएको बताउनुभयो । थरुहट स्वायत्त प्रदेश लेखिएको सूचनापाटी टीकापुर क्षेत्रका सरकारी कार्यालयमा टाँग्ने योजनासहित आएका प्रदर्शनकारीले एकाएक निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि जाइलागेको बताइएको छ ।

प्रहरीमाथिको आक्रमणपछि भएको झडपका क्रममा नेपाल प्रहरीतर्फ १७ र सशस्त्र प्रहरी तर्फ २१ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको टीकापुर अस्पातालले जनाएको छ । घाइतेलाई स्थानीय टीकापुर अस्पतालमा भर्ना गरिएको छ ।

स्थानीय प्रत्यक्षदर्शी सुमन धितालले प्रदर्शनकारीले छापामार शैलीमा एकसाथ आक्रमण गरेका बताउनुभयो । घटनामा प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जनाइए पनि साँझसम्म आधिकारिक पुष्टि हुन सकेको छैन ।

यसअघि सहायक प्रजिअ उदयबहादुर सिंहले टीकापुरमा आज भएको घटनामा नेपाल प्रहरीतर्फ पाँच, सशस्त्र प्रहरीतर्फ ११ र प्रदर्शनकारीतर्फ तीन जनाको मृत्यु भएको जानकारी दिनुभएकामा केही समयपछि जिल्ला प्रशासन कार्यालयले घटनामा भएको मानवीय क्षतिबारेको तथ्याङ्क सच्याएको छ ।

थप प्रहरी र सेना परिचालित
घटनालगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकमा भएको सहमतिबमोजिम टीकापुर क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्रसमेत घोषणा गर्दै स्थिति नियन्त्रण बाहिर जान नदिन थप प्रहरी परिचालन गरिएको छ । सरकारको निर्देशनबमोजिम टीकापुर र आसपासका क्षेत्रमा आजैदेखि नेपाली सेनासमेत परिचालन भएको छ ।

प्रदर्शनकारीले आक्रमणका क्रममा अत्याधुनिक हतियार ‘सट गन’को समेत प्रयोग गरेको आशङ्का गरिएको प्रत्यक्षदर्शी धितालले राससलाई बताउनुभयो ।

स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा
आज साँझ नै टीकापुरमा उत्पन्न स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा आइसकेको छ । टीकापुर नजिकैको दुर्गौमा चार दिनअघि भएको अखण्ड सुदूरपश्चिम र थरुहटका कार्यकर्ताबीचको झडपपछि उत्पन्न स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले टीकापुर क्षेत्रमा रातिको समयमा निषेधाज्ञा जारी गर्दै आएको थियो । यस्तै दिउँसोको समयमा टीकापुरलाई निषेधित क्षेत्र घोषणा गएिको थियो ।

प्रतिबद्धता विपरीत प्रदर्शन
जिल्ला प्रशासन कार्यालयमा आइतबार मात्रै बसेको आन्दोलनरत थरुहट पक्ष, अखण्ड सुदूरपश्चिमका प्रतिनिधि र विभिन्न राजनीतिक दल, नागरिक समाज, मानवअधिकारकर्मीलगायतको संयुक्त बैठकले प्रदर्शनलाई शान्तिपूर्ण बनाउने प्रतिबद्धता जनाए पनि आज थरुहट पक्षले हिंसात्मक प्रदर्शन गरेको हो । रासस

तपाइँको प्रतिक्रिया ।