एसएसपी लक्ष्मण न्यौपाने को हुन् ?

एसएसपी लक्ष्मण न्यौपाने को हुन् ?

झापाको चन्द्रगढी स्थायी घर भएका एसएसपी लक्ष्मण न्यौपाने २०७१ भदौमा सेती अञ्चल प्रहरी प्रमुख भएर धनगढी पुगेका थिए । पछिल्लो सयम काठमाडौंको सिनामंगल बस्दै आएका  न्यौपाने दुइ वर्ष अघि एसएसपीमा बढुवा भएका थिए । प्रहरी स्रोतका अनुसार न्यौपानेको सरूवा हुने लगभग निश्चित भएको थियो ।

SSP-Laxman-Neupane

एसएसपी न्यौपानेको सोमबार कैलालीको टिकापुरमा भएको थरूहट तथा प्रहरीबीच भएको झडपका क्रममा मृत्यु भएको छ । आन्दोलनकारीलाई सम्झाउन प्रदर्शनकारी तर्फ अघिबढ्ने क्रममा हातहतियार सहित आएको आन्दोलनकारीले न्यौपानेको हत्या गरेको प्रहरीले जनाएको छ ।

न्यौपाने २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।  न्यौपानेको परिवार भोजपुरको गोगनेबाट बसाइँ सरेर झापाको चन्द्रगढी पुगेको थियो । २०६८ मा न्यौपाने एसएसपीमा बढुवा भएपछि उनको परिवार काठमाडौंको सिनामंगलमा बसोबास गर्दै आएको छ ।

यसअघि न्यौपाने धौलागिरी अञ्चल प्रहरी प्रमुख थिए । त्यहाँबाट सेती अञ्चल प्रहरी प्रमुखमा सरुवा भएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।