जगडोलमा पहिरोले दुई घर क्षति , सडक बन्द

जगडोलमा  पहिरोले दुई घर क्षति , सडक बन्द

बुनपा  ५ भदौ । निरन्तरको वर्षापछि बुढानिलकण्ठ नगरपालिकाको उत्तर पूर्वी वडा नम्बर १४ जगडोलमा पहिरो खस्दा २ घरपरिवार विस्थापित भएका छन् ।11874648_873046426104800_1722457108_o

पहिरोले रामकाजि गौतम र चन्द्र कुमार गौतमको घर क्षतिपुर्याएको स्थानीय नरेश पौडेलले  बताउनुभयो । पानी परिरहेका कारण पहिरो झर्ने क्रम रोकिएको छैन । घर खाली गरेर स्थानीयलाई सहिद पार्क गोकर्ण  सारिएको छ ।

11879751_873047409438035_285000866_o

वडा सँग  जोड्ने सडकको दोबाटो माथिबाट पहिरो झरेको कारण सडक मार्ग पनि बन्द रहेको छ । पहिरोका कारण बस्ने अवस्था नभएपछि ज्यान जोगाउन घर छोड्न बाध्य भएको नरेश पौडेलले  बताउनुभयो ।

11901115_873046749438101_1568282069_o

तपाइँको प्रतिक्रिया ।