दोस्रो खेलमा अफगानिस्तान विजयी

काठमाडौँ, ४ भदौ । पहिलो पटक आयोजना भएको १९ वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा अफगानिस्तानले विजयी सुरुआत गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा जारी प्रतियोगितामा आज भएको खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गरेको छ । यससँगै अफगानिस्तानले समूह तालिकामा सुरुआती अग्रतासेत लिएको छ ।

अफगानिस्तानको जितमा मसुद हबिबीले ४५, अल अहमदले ७१ र मोहम्मद अहमदीले ८२ औंँ मिनेटमा गोल गरेका थिए । यस्तै माल्दिभ्सका तर्फबाट हमदानले ८५ आँैं मिनेटमा एक गोल फर्काए ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ३–१ ले पराजित गरेको थियो । शनिबार बङ्गलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

तपाइँको प्रतिक्रिया ।