चौबीस घन्टामा अठार तालिवान मारिए

काबुल, ४ भदौ । अफगानिस्तानमा अफगान राष्ट्रिय प्रहरी र सेनाको सहयोगमा गत २४ घण्टायता शृङ्खलाबद्ध रुपमा जारी कारबाहीका क्रममा कम्तीमा १८ जना आतङ्ककारी मारिएका छन् ।
अफगान गृह मन्त्रालयले शुक्रबार प्रकाशन गरेको विज्ञप्तिमा सो जानकारी दिइएको छ । अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।

अफगानिस्तानको नानगार्हार, लाघमान, पर्वान, तखार, कुन्दुज र फर्याब, सारी ई पुल, बल्ख, जबुल ओरुज्गान, मैदान, वार्दाक, खोस्त, पाक्टिया र हेलमान्ड प्रान्तमा जारी कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जारी विज्ञप्तिमा जनाइएको छ ।

केही दिनयता भएको तालिवानविरुद्धको कारबाहीका क्रममा त्यहाँको प्रहरीलाई सफलता प्राप्त भइरहेको पनि अधिकारीहरूले जनाएका छन् ।

अफगानिस्तानमा बाँकी रहेका नेटो सैनिकले तालिवानसँग युद्ध नगर्ने तर अफगान सुरक्षाबललाई तालिम र सल्लाह दिने बताइएको छ । रासस÷सिन्ह्वा

तपाइँको प्रतिक्रिया ।