Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/1440149143825_Pro_Ktm_-Pustak-Mela-_KP-Oli-2.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

पुस्तक प्रदर्शनी सुरुः फल्याकमा धुलो राखी छेस्कोले अक्षरलेख्न सिके : अध्यक्ष ओली

काठमाडौँ, ४ भदौ । पाठक पुस्तकको खोजीमा हुन्छ, पुस्तकले पनि पाठक नै खोजिरहेको हुन्छ, यही दुईका बीचमा सेतु बन्ने गर्छ ‘पुस्तक प्रदर्शनी’ ।

1440149143825_Pro_Ktm_ Pustak Mela _KP Oli (2)

पाठक र पुस्तकलाई नजिक्याउन नेपाल पुस्तक तथा स्टेसनरी महासङ्घद्वारा आयोजित १९ औँ संस्करणको पुस्तक प्रदर्शनी आजदेखि भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भयो ।

आगामी भदौ १२ गतेसम्म रहने सो प्रदर्शनीमा स्वदेशी तथा विदेशी करिब ५०० प्रकाशन गृहबाट प्रकाशित करिब तीन लाख पुस्तक राखिएका छन् । प्रदर्शनी अवधिभर करिब दश लाख अवलोकनकर्ताले सो प्रदर्शनी अवलोकन गर्ने अपेक्षा आयोजकले राखेका छन् ।

प्रदर्शनीको शुभारम्भ गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले काठको फल्याकमाथि माटोको धुलो राखी सिमलीको छेस्कोले बालककालमा अक्षर लेख्न सिकेको स्मरण गर्नुभयो । उहाँले पुस्तक अध्ययन गर्ने बानी जति बढायो उति नै पढुँपढुँ लाग्ने भन्दै समृद्धि र ज्ञानको आधार पुस्तक भएको बताउनुभयो ।

अध्यक्ष ओलीले पुस्तक प्रकाशकले आर्थिक लाभलाई भन्दा पाठक र समाजको अवस्थालाई ख्याल राख्न आग्रह गर्दै कसरी पाठकले सहज र सस्तो मोलमा पढ्न चाहेको पुस्तक प्राप्त गर्दछन् यसतर्फ ध्यान दिनुपर्छ भन्नुभयो ।

सो अवसरमा राष्ट्रकवि माधव घिमिरे, संस्कृतिविद् सत्यमोहन जोशी र गीतकार दुर्गालाल श्रेष्ठलाई राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मान गरिएको थियो ।

राष्ट्रकवि घिमिरेले पाठकलाई स्रष्टासित र स्रष्टालाई पाठकसित प्रत्यक्ष चिनजान गराउँदै भलाकुसारी गराउने थलो पुस्तक प्रदर्शनी हुँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “म ९६ वर्ष पुगेर ९७ वर्ष टेक्दैछु, दैनिक केही न केही रचना नगरी निन्द्रा नै लाग्दैन ।”

महासङ्घका अध्यक्ष रघुनाथ महर्जन र पूर्व अध्यक्ष रामचन्द्र तिमोथीले पाठकलाई नयाँनयाँ पुस्तकका बारेमा स्वाद दिलाउन प्रदर्शनी आयोजना गरिँदै आएको धारणा राख्नुभयो ।

तपाइँको प्रतिक्रिया ।