Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2015/08/Untitled-5Copy_949889_263409.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गणेशमान सिंह कप हुने

काठमाडौँ, ३१ साउन । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा गणेशमान सिंह कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता यही मङ्गलबारदेखि हुने भएको छ ।

Untitled-5Copy_949889_263409

कीर्तिपुरस्थित लेबोरेटरी उमाविको मैदानमा भदौ १० गतेसम्म चल्ने प्रतियोगितामा १६ टोलीको सहभागिता रहनेछ । १६ टोलीलाई विभिन्न चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाउँदा समूहको विजेता र उपविजेता क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

विजेताले रु २५ हजार तथा उपविजेताले रु १५ हजार नगद पुरस्कार हात प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक, रक्षक, मध्यपङ्क्ति र अग्रपङ्क्तिका एक–एक खेलाडीले जनही रु दुई÷दुई हजार नगद पुरस्कार हात पार्नेछन् ।

प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई पनि रु दुई हजार नगदबाट पुरस्कृत गरिने आयोजकले बतायो   ।

तपाइँको प्रतिक्रिया ।