संयूक्त सचिव श्याम अधिकारी ५० हजार घुससहित पक्राउ

संयूक्त सचिव श्याम अधिकारी ५० हजार घुससहित पक्राउ

कपन अनलाइन, ३० साउन

बूढानीलकण्ठ नगरपालिका अन्तर्गत वडा नं. १२, १३ र १४ का संयूक्त सचिव श्याम अधिकारीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको छ ।  बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का जग्गा धनी बबिता शाहको नाममा रहेको ४ रोपनी क्षेत्रफल जग्गामा मोहीहरू पोडेकान्छा श्रेष्ठ र भालु बीर बहादुर श्रेष्ठले जोत कमोत नगरेकोले लगत कट्टाको लागि भूमिसुधार कार्यालयमा सिफारिस गरिदिनका लागि वडा कार्यालयमा निवेदन दिएकोमा  सचिव श्याम अधिकारीले नियमानुसार सिफारिस नदिई घुस रकम लिएको अवस्थामा अख्तियारले पक्राउ गरेको हो । तत्कालिन कपन गाविसअन्तर्गत रहेको यी वडाहरूमा जग्गा तथा बिभिन्न सिफारिसका नाममा गाविस छँदाखेरी पनि सचिवहरूलाई घुस खाएको तथा अकूत कमाएको आरोप लाग्ने गरेको थियो । तथापि तत्कालिन कपन गाविसका सचिब तथा पदाधिकारी घुससहित पक्राउ परेका थिएनन् ।

1-IMG_01481

कपन गाविसमा सहायक कर्मचारीको रुपमा जागिर खाएका श्याम अधिकारी बुढानीलकण्ठ नगरपालिका भएपछि संयूक्त सचिव भएका थिए । कपनमा काम गर्ने कर्मचारीलाई तत्कालिन कपन गाविस तथा हाल वडा नं. १२,१३ र १४ भंसार भनिने आरोप लाग्ने गरेको थियो । यदि श्याम अधिकारीले घुस लिएको ठहर भएमा कपन गाविसलाई कर्मचारीहरूले भंसार नै बनाएको देखिनेछ । पक्राउ गरेपछि हाल श्याम अधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ ।
प्रेस विज्ञप्तिः

प्रेस विज्ञप्तिः मिति २०७२।०४।२८ गते ।———————————————घुस रकम सहित नियन्त्रणमा लिईएको सम…

Posted by Commission for the Investigation of Abuse of Authority -CIAA on Thursday, 13 August 2015

 

तपाइँको प्रतिक्रिया ।