गोसाइँकुण्डका तीर्थयात्रीलाई खाद्यान्नको जोहो सुरु

गोसाइँकुण्डका तीर्थयात्रीलाई खाद्यान्नको जोहो सुरु

२८ साउन । गोसाइँकुण्ड मेलाका भक्तजनलाई खानाको व्यवस्था मिलाउन दाल, चामल, ढुवानी सुरु भएको छ ।

चन्दनबारीका होटल व्यवसायी पासाङघुर्मी तामाङका अनुसार पाँच हजार भक्तजन गोसाइँकुण्ड पुग्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिको अनुमानअनुसार यथेष्ट खाद्यान्न भण्डारण गर्न व्यवसायीले दाल, चामल, नुन, तेल, चाउचाउ, बिस्कुटजस्ता खाद्य वस्तु गोसाइँकुण्ड मार्गमा ढुवानी गर्न थालिसकेका छन् ।

gosaikunda_lake1
लगभ दुई सय बोरा चामल धार्मिक मार्गको ठाउँ ठाउँमा पु¥याइसकिएको छ । त्यस्तै चन्दनबारी, चोलाङपाटी, लौरी विनायक, गणेशगौंडा क्षेत्रको बासस्थानमा २५ अस्थायी थर्पु तयार भइसकेको छ । खाद्यान्न ढुवानीका लागि दिनहुँ आठ वटाका दरले खच्चर प्रयोग गरिरहेको व्यवसायी तामाङले जानकारी दिनुभयो ।

तपाइँको प्रतिक्रिया ।