भूकम्पपछी भएको भागदौडमा बालउद्धार माविमा ५ घाइते

भूकम्पपछी भएको  भागदौडमा  बालउद्धार माविमा ५ घाइते

कपन अनलाइन २६ साउन/ काठमाडौंलाई केन्द्रबिन्दु बनाएर बिहान १० बजेर ४२ मिनेटमा ४.३ रेक्टर स्केलको परकम्प गएको छ। भूकम्पको झड्काइपछि बुढानिलकण्ठ नगरपालिका १२ कपनमा रहेको बाल उद्धार उमाविमा भएको भाग दौडमा कक्षा २ मा अध्यनरत एक विद्यार्थी भर्याङ बाट तलखस्दा गम्बिर घाइते भएका छन् भने अन्य ४ जना सामान्य घाइते भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम डोटेलले कपन अनलाइन लाइ बताउनु भयो घाइतेहरूको उपचार स्थानीय कपन हस्पिटलमा भइरहेको छ ।

11873912_664735380295316_2056602632_n

भूकम्पको झड्का सँगै बुढानिलकण्ठ नगर आसपासका ठूला भवन भएका विद्यालयहरूको पढाइ आज स्थगन गरिएको छ ।

नजिकै केन्द्रबिन्दु भएकोले काठमाडौंमा भूकम्पको धक्का ठूलो महसुस भएको हो । यसअघि गएराती काठमाडौं नै केन्द्रबिन्दु भएर दुईवटा परकम्प गएपनि ती परकम्प ४ रेक्टर स्केलभन्दा साना थिए। हिजो बिहान गोरखा केन्द्रबिन्दु भएर ४.९ रेक्टर स्केलको परकम्प गएको थियो।

तपाइँको प्रतिक्रिया ।